चैत्र ३, २०८२ मंगलबार | २२:२७:४६
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

एनएसएलबाट सकारात्मक उर्जा खोज्दै नेपाली फुटबल

काठमाडौं । लामो समय भयो, नेपाली फुटबलको स्वभाविक क्रेज ओराली लाग्दै गएको । लाग्छ, घरेलु खेलका लागि फुटबलप्रेमीहरुले दशरथ रंगशालाको बाटो विर्सिइसके । रंगशालाबाट टाढिँदै गएका दर्शकलाई फर्काउने चुनौती छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को रवैया हेर्दा लाग्छ, नेपाली फुटबल इतिहासकै उत्कर्षमा रमाइरहेको छ । वास्तविकता र गर्नुपर्ने निकायको प्रतिक्रियाबीच कुनै तालमेल छैन, नेपाली फुटबलसँग मायापिरती गाँसेकाहरुलाई उदेक लाग्ने गरि ।

दर्शकविना कुनै पनि खेलको महत्व हुँदैन । फुटबलमा त झनै दर्शकविनाको खेल कल्पना गर्न सकिनेभन्दा पनि निरश हुन्छ । तर दर्शकलाई नेपाली फुटबलले रंगशालासम्म तान्न सकिरहेको छैन । अझ भनौं, नेपालमा सही तरिकासँग फुटबल नै भइरहेको छैन ।

नेपाली फुटबलले निरन्तर ओराली यात्रामा पाइला बढाइरहेका बेला कम्तिमा त्यसलाई रोक्ने र दर्शकलाई रंगशाला फर्काउने अभियानका साथ नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । 

पहिलो संस्करण कोभिड १९ महामारीको प्रभाव चरमोत्कर्षमा भएका बेला विना दर्शक गरेको नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले तीन वर्षपछि हुन लागेको दोस्रो संस्करणमा आर्थिक मन्दीको दुश्प्रभाव रहेको बताएको छ ।

नेपाली फुटबलमा नयाँ मानक स्थापना गर्ने उद्देश्य बोके पनि फ्रेन्चाइज लिगको दोस्रो संस्करण सीमित समयको तयारी, फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदसँगको तालमेलमा ढिलाई, राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल तालिकालगायतका कारणले प्रभावित भइरहेको छ ।

पहिलो संस्करण कोभिड १९ महामारीको प्रभाव चरमोत्कर्षमा भएका बेला विना दर्शक गरेको नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले तीन वर्षपछि हुन लागेको दोस्रो संस्करणमा आर्थिक मन्दीको दुश्प्रभाव रहेको बताएको छ ।

इतिहासकै सबभन्दा कठिन भनिएको आर्थिक मन्दीले गाँजिरहेका बेला पर्याप्त स्रोतको अभावमा टिमहरुले आवश्यक तयारी गर्न नपाएको गुनासो गरिरहेका छन् । पूर्वाधार अभावका कारण एउटै दशरथ रंगशालाले दिनहुँ गरेर भए पनि प्रतियोगिताका सबै ४० खेल गराउनुपर्नेछ । अभ्यासका लागि राम्रो मैदान नपाएको गुनासो यो प्रतियोगितामा पनि कायम छ ।

त्यसका बावजुद नेपाली फुटबल आफ्नो अस्तित्वको खोजी गरिरहेका बेला निजी क्षेत्रको आयोजना र सहभागितामा हुन लागेको प्रतियोगिताले आशाका किरणहरु छरेका छन् । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको दिशाहिन कार्यशैलीका कारण पछिल्लो समय ठूलो संख्यामा राष्ट्रिय स्तरका खेलाडीहरु विदेसिनुपर्ने अवस्थामा यो प्रतियोगिताको आयोजनाले मैदानभित्र अर्को उत्साह जगाएको छ ।

सर्वोच्च निकाय र बाँकी सबै सरोकारवालाहरु फुटबलभन्दा पनि आफ्ना स्वार्थकेन्द्रित विवादमा रुमल्लिइरहेका बेला यस्ता समस्याहरु आउनु स्वभाविक हो । तर, एनएसएलको आयोजकलाई यस्ता बाधाहरुले निराश पारेको छैन । बरु नेपाली फुटबल विकासको अभियानमा केही इटा थप्ने उनीहरुको दाबी छ ।

साविक विजेता काठमाडौं र इलामबीचको खेलसँगै  आज शुक्रबार साँझबाट दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा यसपाली ९ टोलीको सहभागिता रहनेछ । अघिल्लो संस्करण सात टोलीको सहभागितामा सम्पन्न भएको थियो । तर पहिलो संस्करणको एउटा सहभागी विराटनगर सिटी एफसीले यसपाली नखेल्ने निधो गरिसक्यो । बाँकी ६ टोली साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनीस एफसी यसपाली पनि प्रतियोगितामा आफ्नो चुनौती प्रस्तुत गर्दैछन् । आयोजकले दोस्रो संस्करणका लागि थप गरेका एलाम एफसी, विरगञ्ज युनाइटेड र झापा एफसीको पनि उपाधिमा चुनौती रहनेछ ।

कम्तिमा शीर्ष स्तरमा गतिविधिसुन्य अवस्थामा पुगेको घरेलु फुटबललाई चलायमान बनाउन सक्छ । अनि मैदानभित्र नेपाली फुटबल जीवित छ भन्ने सन्देश चाही पक्कै दिन सक्छ ।

एनएसएलका निदेशक श्रीयांश कार्की यसपाली युरोपका शीर्ष लिग खेलिसकेका केही हाई प्रोफाइल खेलाडी देख्न पाइने कारण प्रतियोगिता रोमाञ्चक हुने विश्वासमा छन् । हुन पनि नेपाली फुटबलको धरातलअनुसार निक्कै माथिल्लो स्तरका विदेशी खेलाडीको आगमनले लिगको आकर्षण थप्ने नै छ ।

युरोपेली फुटबल हेर्ने बानी परेका नेपाली समर्थकलाई रंगशाला धाउनका लागि त्यो एउटा जायज कारण बन्न सक्छ । यसका साथै यसपाली एनएसएललाई फुटबलसँगै संगीत र मनोरञ्जनको कम्बोका रुपमा प्रस्तुत गर्ने आयोजकको तयारीले पनि प्रतियोगितामा रोमाञ्च थप्न सक्छ ।

नेपाली फुटबलप्रति उदासिन भइसकेका दर्शकको चासो फर्काउन सक्छ । टाढिँदै गएका व्यावसायिक प्रतिष्ठानको ध्यान फेरि तान्न सक्छ । आयोजकले भनेजस्तै नेपाली राष्ट्रिय टोलीको वरियतामा सुधार आउने खालको योगदान गर्न सक्छ । नेपाली फुटबलबाट निराश भएर पलायनको बाटो रोजिरहेका खेलाडीलाई यहीँ बस्न उत्प्रेरित गर्न सक्छ ।

कम्तिमा शीर्ष स्तरमा गतिविधिसुन्य अवस्थामा पुगेको घरेलु फुटबललाई चलायमान बनाउन सक्छ । अनि मैदानभित्र नेपाली फुटबल जीवित छ भन्ने सन्देश चाही पक्कै दिन सक्छ ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH