मंसिर १८, २०८१ मंगलबार | २२:२३:४३
नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन मनाङको सहज जित अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित पहिला ब्याटिङ गर्न हामी मानसिक रूपमा तयार थियौँः दीपेन्द्रसिंह ऐरी चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट एकै ओभरमा पोखराले तीन विकेट गुमायो भुर्तेल पहिलो बलमै आउट नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने नेसनल ‘बी’ चेस च्याम्पियनसिप सुरु बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन मनाङको सहज जित अफगानिस्तानविरुद्ध नेपालको रोमाञ्चक जित पहिला ब्याटिङ गर्न हामी मानसिक रूपमा तयार थियौँः दीपेन्द्रसिंह ऐरी चितवनको लगातार दोस्रो जित, पोखरालाई ८७ रनले हरायो पोखराको खराब सुरुआत, पावरप्लेमा गुमायो ६ विकेट एकै ओभरमा पोखराले तीन विकेट गुमायो भुर्तेल पहिलो बलमै आउट
शनिबारको दिन काउन्टर अट्याक

पहिल्यै एन्फाले ‘हराइसकेको खेल’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार राति बहराइनसँग ५–० को फराकिलो हार बेहोरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल थियो यो ।

दोस्रो चरणमा नेपालले खेलेको यो तेस्रो खेल हो भने भोगेको पनि तेस्रो हार । यसअघि नेपाल संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग अवे खेलमा पराजित भइसकेको छ ।

पछिल्लो समय नेपाली फुटबल सर्वत्र आलोचित छ । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको कुशासन र व्याप्त भ्रष्टाचारका कारण यो अवस्था आएको हो । लाचार एन्फाको नालायकीका कारण निराश भएर पछिल्लो वर्षमात्र सय हाराहारीमा राष्ट्रिय टिमको ढोका खोल्न तयार भएका खेलाडी विदेसिए ।

बहराइनसँगको फराकिलो हारले भने नेपाली समर्थकलाई साँच्चै चिन्तित बनाएको छ । सामाजिक सञ्जालमा समर्थक आफ्ना निराशालाई टिमप्रतिको आक्रोशका रूपमा पोखिरहेका छन् । एन्फा नेतृत्वलाई कटाक्ष गरिरहेका छन् ।

राष्ट्रिय टिम बनाउन खेलाडी सिला खोज्नुपर्ने अवस्थाबीच नेपालले विश्वकप छनोटको तीन खेल खेलेको थियो । तीनवटै खेल आफूभन्दा माथिल्लो स्तरका विपक्षीसँग थिए । हारको नतिजा अनपेक्षित थिएन ।

विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने आस पनि थिएन । यसकारण लगातारको तेस्रो हारले नेपालको विश्वकप २०२६ यात्रामा तात्विक असर गरेको छैन ।

तर, बहराइनसँगको फराकिलो हारले भने नेपाली समर्थकलाई साँच्चै चिन्तित बनाएको छ । सामाजिक सञ्जालमा समर्थक आफ्ना निराशालाई टिमप्रतिको आक्रोशका रूपमा पोखिरहेका छन् । एन्फा नेतृत्वलाई कटाक्ष गरिरहेका छन् ।

आफ्नो राष्ट्रिय टिम मैदान उत्रिँदा जितको आशा गर्नु समर्थकको स्वभाव हो र हक पनि । जस्तोसुकै परिस्थितिमा पनि देशका लागि मैदान उत्रिएपछि जितका लागि प्रयास गर्नु खेलाडी र टिमको कर्तव्य हो । समर्थकको खुसीका लागि भए पनि टिमका प्रत्येक सदस्यले आफ्नो तर्फबाट शतप्रतिशतभन्दा बढी दिनुपर्छ र दिन्छन् ।

जितमा टिम र खेलाडीको प्रशंसामा ठुल्ठूला पुल बाँध्ने समर्थकलाई हार्दा रिसाउने हक पनि छ । किनकि गाली उसले गर्छ, जसले औधी माया गर्छ । नेपाली खेलाडीका लागि समर्थक भनेको मायाको त्यही खानी हो । यही कारण समर्थकका ताली र गाली स्वाभाविक हुन् ।

नेपाली फुटबलको नियामक निकाय एन्फाको स्वार्थप्रेरित उदासीनताले नेपालको घरेलु खेल पनि विपक्षीको मैदानमा पुर्याएको थियो । खेल हुनुभन्दा अगाडि एन्फाले नेपाललाई हराइसकेको थियो ।

यसो भनिरहँदा पनि यसपालि बहराइनसँगको हारपछिको गालीलाई भने स्वाभाविक मान्न सकिन्न । किनकि यो हारको पृष्ठभूमि फरक छ । नेपाली फुटबललाई औधी माया गर्नेहरू यो हारको नतिजाभन्दा पनि हार अन्तर र मैदानमा आफ्नो टिमको फितलो प्रदर्शनमा बढी चिन्तित भएका हुन् । बहराइनसँग योभन्दा जुझारु प्रदर्शन र कम अन्तरको हार सायद समर्थकको अपेक्षा थियो ।

तर, वास्तविकता के पनि हो भने सयौं खेलाडी एकैपटक विदेसिँदा देशमा प्रतिभाको ठूलै खडेरी लागेको छ । त्यसमाथि खेलाडी स्काउटिङ, ट्यालेन्ट हन्ट वा नियमित लिगसमेत नहुँदा भएका खेलाडी पनि प्रशिक्षकको आँखामा पर्ने कुरा भएन । देशभित्रकै शीर्ष डिभिजनको लिगसमेत अनुभव नभएका खेलाडीसमेत बटुलेर टिम बहराइन पुगेको थियो ।

यही छनोटको अघिल्ला दुई टिम युएई र यमनविरुद्धको खेल नेपालको अवे खेल थियो । अवे मैदानमा भोगेका ४–० र २–० को हारलाई सजिलै समर्थकले पचाएका थिए ।

बहराइनसँगको खेलचाहिँ नेपालको घरेलु भूमिमा हुनुपर्ने खेल थियो । तर, नेपाली फुटबलको नियामक निकाय एन्फाको स्वार्थप्रेरित उदासीनताले नेपालको घरेलु खेल पनि विपक्षीको मैदानमा पुर्याएको थियो । खेल हुनुभन्दा अगाडि एन्फाले नेपाललाई हराइसकेको थियो । घरेलु समर्थकबीच आफ्नै मैदानमा खेल्न पाउनुको फाइदा फुटबलमा धेरै हुन्छ । यही कारण हो फिफाले होम एन्ड अवे पद्धति स्थापित गरेको ।

घरमा खेल्न पाउँदा आफ्ना समर्थकको चर्को साथमा दौडिँदाको जोस बेग्लै हुने कुरा नेपाली राष्ट्रिय टिमले नै विगतमा थुप्रै पटक प्रमाणित गरिसकेको छ । तर, यसपालि एन्फाले राष्ट्रिय टिमलाई घरेलु समर्थक र मैदानको साथमा गौरवमय प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरेको थियो । नेपाली फुटबलप्रेमीसँग आफ्नै घरमा आफ्नो टिमले खेल्दा समर्थन गर्ने मौका पनि खोसेको थियो ।

हारेको नेपाली टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।

घरमा नियमित लिग र अन्य प्रतियोगिता नहुँदा फुटबलको बलियो पिरामिड भत्किइसकेको छ । सयौं खेलाडी चरम निराशाका कारण विदेसिएका छन् । फुटबल प्रशासन सधैं भ्रष्टाचार, बेथिति र कुशासनका कारण आलोचनाको केन्द्रमा छ । पूरा फुटबलमा आशा जगाउने खालको कुनै वातावरण छैन । यस्तोमा आफ्नै घरेलु खेलको संघर्ष विपक्षीको मैदानमा हुँदा आउने नतिजा यस्तै हो ।

बहराइनको मैदानमा नेपालको प्रदर्शन कस्तो रह्यो भन्ने प्राविधिक विश्लेषण यतिखेर त्यति सामयिक हुन्न । सबैखाले परिस्थिति प्रतिकूल हुँदा समेत विपक्षीको मैदानमा डटेर प्रस्तुत हुनु नै नेपाली टिमको बहादुरी हो । नतिजामा पक्कै नेपाली टिम पराजित भएको छ । तर त्यो पराजयको भारी बोक्नुपर्ने जिम्मेवार पक्ष टिम र खेलाडी कुनै पनि हालतमा होइनन् ।

जितका लागि टिमलाई लायक बनाउने, सबैखाले वातावरण अनुकूल पार्ने जिम्मेवारी बोकेको एन्फाले नै यो हारको जिम्मेवारी लिनुपर्छ । वर्षौंसम्म लिग गराउन नसक्नेले नै यो हारमा चुक्चुकाउनुपर्छ । खेलाडीलाई कुनै पनि कोणबाट आशाको सञ्चार गराउन नसक्ने प्रशासनलाई नै यसमा जवाफदेही बनाउनुपर्छ । आलोचना र आक्रोशको निसाना पनि खेलाडी र टिम होइन, एन्फा र त्यहाँका पदाधिकारी हुनुपर्छ ।

किनकि हारेको नेपाली टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।

खेलाडीले त आफ्नो क्षमताले भ्याएसम्म शतप्रतिशत भन्दा बढी मिहिनेत गरेका हुन् । तमाम निराशाका बावजुत नेपाली फुटबलमै केही गर्ने अठोटका साथ निरन्तर योगदान गरिरहेका खेलाडी र टिम त यो अवस्थामा प्रशंसाका पात्र हुन् ।