- हरी खड्का
काठमाडौं । बलियो प्रतिद्वनदी भारतसँग हामी आज भिड्दै छौं । सेमिफाइनलमा हामीले कस्तो खालको खेल खेल्छौं, त्यो किसिमको ‘स्ट्राटिजी’ मैले देखिँन । नेपालले श्रीलंकामाथि ६–० को नतिजा निकाल्यो । हामी त्यसअघि नै समूह विजेता भएर सेमिफाइनलमा पुगिसकेका थियौं ।
जुन नेपालको गेम हो । जुन ‘पोेजेसन’ राखेर खेल्नु पर्ने हो त्यसमा कमी देखेको छु । श्रीलंकाले डिफेन्सिभ खेलिरहेको छ । हामीले त्यसलाई तोड्न कुन–कुन रणनीति अपनाउने । के गर्ने भन्ने प्रशिक्षकको ‘कि पोइन्ट’ हुन्छ । त्यसलाई कहाँ–कहाँ लागू गर्ने भन्ने त्यसको कमी देखे । जहाँ श्रीलंकाले डिफेन्स खेलेको छ । त्यहीं बलहरु खेलाइरहेका थिए । त्यसमा पनि कमजोर देखे ।
नेपालको ‘ब्युटिफुल’ खेल खेल्न सकेको भए गोलहरु स्वतः निस्किहाल्थ्यो । पहिलो हाफमा नेपालले क्रसिङ र कर्नर किकबाट निकालेको तीन गोलहरु निकालेको थियो । त्यहाँ प्रशिक्षकले ‘कि पोइन्ट’ को प्रयोग गरे । दोस्रो हाफमा त्यसको कमी भयो । साथै एक–दुई वटा राम्रो ‘कम्बिनेसन’को भएको थियो । हामीले आजको खेलका लागि त्यसमा सुधार गर्नुपर्छजस्तो लाग्छ ।
फुटबल र जिन्दगी भनेको जहाँ जे पनि हुनसक्छ । जित्न सक्दैनौं भन्ने केही पनि छैन । विपक्षीको प्रदर्शनलाई अध्ययन गर्दा यतिको खेलले चाँहि पुग्दैन कि भन्ने हो । व्यक्तिगत रुपमा डेब्यु गरेका खेलाडीको आत्मविश्वास बढेको छ । श्रीलंकासँगको खेलमा अमिसा कार्कीले गरेको गोल राम्रो थियो । उसको स्ट्रेन्थ भनेको ‘स्पिड र पावर’ हो । त्यसलाई उसले प्रयोग गर्यो भने राम्रो हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गोल गरेपछि आत्मविश्वास बढ्छ । हामी प्रतियोगिताको हिसाबमा नराम्रो टिम होइनौं तर, त्यसमा हाम्रो स्पिडलाई ध्यान दिनुपर्छ ।
बंगलादेश र भारतले पनि नेपाल आयो भने गाह्रो हुन्छ भन्ने सोच्छन् । तर, नेपालभन्दा बंगलादेश र भारतको स्पिड धेरै छ । प्रत्येक प्रशिक्षकले खेलको रणनीति विपक्षीलाई हेरेर बनाउँछन् । कुमार (थापा) जीले पनि बंगलादेश र भारतको खेलपछि आफ्नो कमजोर पक्षलाई ढाक्ने र राम्रो रणनीति बनाउनु हुन्छ होला ।
हाम्रो गोर्खाली स्पिडलाई देखाउनै पर्छ । हाम्रो स्पिडभन्दा पनि फाइडिङ स्ट्राजिटी छ, त्यसलाई सेमिफानलको खेलमा देखाउनै पर्छ । भुटान र श्रीलंकासँगको खेलमा त्यो फाइटिङ देखिएको थिएन । सेमिफाइनलमा त्यो देखायो भने जित्न सकिन्छ ।
हामीले उपाधि घरमा नै राख्न सक्दैनौं भन्ने होइन तर, राख्नका लागि कति मेहेनत गर्छाैँ भन्ने हो । नेपाल, भारत र बंगलादेश तीनै दाबेदार टिम हुन् । त्यसमध्ये पनि भारतले महिला फुटबलमा धेरै लगानी र मिहेनत गरेको छ । र, अरु टिमभन्दा छुट्टै किसिमको खेल छ ।
खेलाडीले त प्रशिक्षकले जे भन्यो त्यहीं सिक्छन् । तर, फुटबलमा परिस्थितिअनुसार छुट्टा–छुट्टै रणनीतिलाई प्रयोग गर्नुपर्छ । त्यो खेलाडी आफैँमा पनि हुनुपर्छ । त्यसमा नेपाली टिम कमजोर छ । त्यसको लागि हामीले खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्पोजर’ धेरै दिनुपर्छ । खेलाडीलाई त्यसको शिक्षा दिनुपर्छ । भारतीय टिममा प्रशिक्षकले दिएको रणनीति ब्लक भयो भने खेलाडी आफैंले बनाउँछन् । त्यो किसिमको ‘क्रिएटिभिटी’ भारतीय टिममा छ । नेपाली टिममा छैन ।
(२०७३ सालमा भएको साफ महिला च्याम्पियनसिपमा हरी खड्काले नेपाली टिमको प्रशिक्षण सम्हालेका थिए ।)