पुस २०, २०८२ सोमबार | १८:००:०१
विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी

क्रिकेटको सफलताबाट फुटबलले सिकौं

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलाडीसँग केन्द्रिय सम्झौता गर्ने क्रममा वर्ग विभाजन गर्दै मासिक १ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको समाचार पढें ।

हामी फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभाको समापन भएलगत्तै आएको यस समाचारले एउटा खेलाडीको नाताले मलाई निक्कै खुसी दियो । तर साथसाथै एक पूर्व फुटबलर र फुटबल खेलाडी संघको अध्यक्षको नाताले त्यो समाचारले मलाई केही खिन्न पनि बनायो ।
क्रिकेट संघले केही महिना अघिमात्र नयाँ नेतृत्व पाएको थियो । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गर्नुभएका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा नै यो अवस्था आइपुगेको मेरो अनुमान छ ।

मैदानभित्रको अवस्था प्रष्ट बुझेको र मैदानबाहिर अभिभावकत्व दिने व्यक्तित्व एकसाथ आउने हो भने प्रगति हुन्छ भन्ने यो नेपाली खेलकुदको लागि राम्रो उदाहरण हो ।

पछिल्लो केहि वर्षमा क्रिकेटले गरेको प्रगतिले म एक नेपालीको रुपमा गौरव र खेलाडीको नाताले मिहिनेतको खुलेर प्रशंसा गर्छु । क्रिकेटको प्रगतिले फुटबल खेलाडी, प्रशिक्षक र संघमा पनि सकारात्मक प्रतिस्पर्धाको भाव संचय हुने मैले आभास गरेको छु ।

तथ्यांककै हिसाबमा हेर्ने हो भने क्रिकेटभन्दा फुटबलले अन्तर्राष्ट्रिय निकायबाट बढी पैसा प्राप्त गर्छ । बढी प्रतियोगिता हुन्छन् । बढी दर्शक उपस्थित हुन्छन् । बढी खेलाडी छन् र प्रायोजन लगायत अन्य पक्षमा पनि अघि नै छ ।

तर आज क्यानको क्यालेन्डर र खेलाडीलाई दिइएको सुविधा हेर्दा हामीले फुटबलमा एकपटक गम्भीर रुपमा सोच्ने समय आएको हो कि भन्ने आभाष भएको छ । एन्फाद्वारा प्रकाशित क्यालेन्डरमा युथ डेभलपमेन्ट अन्तर्गतका कार्यक्रम देख्दा खुशी लाग्यो तर घरेलु फुटबलको प्रतियोगिता सञ्चालनको समयान्तर फलदायी देखिदैन ।

राम्रो कुरा अरुबाट सिक्नुपर्छ, हामीले पनि क्रिकेटको सफलतालाई नजिकबाट नियालेर आफ्नो अवस्था सुधार गरौं । फुटबल खेलाडी संघ मार्फत हामीले त्यो प्रयास जारी राख्दै आएका छौं । आशा छ सम्बन्धित निकायबाट पनि यहि रफ्तारमा काम अघि बढ्नेछ ।

(नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एवं अखिल नेपाल फुटबल खेलाडी संघका वर्तमान अध्यक्ष विक्रम लामाको फेसबुकबाट)
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA