चैत्र ३, २०८२ मंगलबार | २२:२८:३७
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

एन्फाको सय दिन: हात्ती आयो, हात्ती आयो, फुस्सा

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिले आज मंगलबार सय दिन पूरा गरेको छ । स्थानीय सरकार, संसद वा अन्य कुनै पनि निकायले सय दिन पुर्याउँदा के गर्यो ? उपलब्धि के भए ? कमजोरी के भए ? अबका दिनमा कसरी अगाडि बढ्ने ? जस्ता कुरा जनसमक्ष सार्वजनिक गर्ने चलन छ ।

एन्फाले साच्चै सुशासन र फुटबलको संवृद्धि कायम गरेको छ भने त्यो कुरा उसले आफै सार्वजनिक गर्नु जरुरी छ । स्वतन्त्र रुपमा मुल्यांकन गर्दा एन्फाले यो सय दिनमा केही सकारात्मक र धेरै निराशाजनक काम गरेको देखिन्छ ।

एन्फाको भोली बुधबार विशेष साधारणसभा पनि हुँदेछ । त्यसमा नेतृत्वले पक्कै पनि सय दिनमा ‘हामीले यस्तो गर्यौं, उस्तो गर्यौ’ भन्दै भए, नभएका कुरामा कुतर्कको जोड थपेर ‘उपलब्धि’ सुनाउला । तर मुख्य कुरा शुसासनको नारा घन्काएर एन्फाको नेतृत्व हत्याएको वर्तमान कार्यसमितिले यो सय दिनको बीचमा के उपलब्धि हासिल गर्यो त ? भन्ने कुराको लेखाजोखा गर्नुपर्ने बेला आएको छ ।

यो प्रश्न आम मानिस र आम फुटबलप्रेमीहरुको मनमा छ ।  एन्फाले साच्चै सुशासन र फुटबलको संवृद्धि कायम गरेको छ भने त्यो कुरा उसले आफै सार्वजनिक गर्नु जरुरी छ । स्वतन्त्र रुपमा मुल्यांकन गर्दा एन्फाले यो सय दिनमा केही सकारात्मक र धेरै निराशाजनक काम गरेको देखिन्छ ।

मुलत, एन्फाले गरेको सकारात्मक काममा क्लबहरुलाई पुरस्कार रकम वितरण गरेको छ । त्यो गर्नैपर्ने थियो । वास्तवमा कुनै पनि देशको फुटबलको मेरुदण्ड भनेकै क्लबहरु हुन् । नेपालमा तिनै क्लब पाउनुपर्ने पुरस्कार तथा सहभागिता रकम नपाएर पीडित थिए । त्यसकारण क्लबले पाउनुपर्ने रकम दिएर एन्फाले प्रशंसनीय काम गरेको छ ।

सय दिनमा एन्फाले गरेको काम यत्ति मात्र पक्कै होइन । यही बीचमा विभिन्न उमेर समूहका राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए । उमेर समूह भनेको भविश्यको राष्ट्रिय टिम निर्माणको आधार हो । त्यसैले यसमा सबभन्दा बढि गम्भीर हुनुपर्छ । तर, दूर्भाग्य उमेर समूहका प्रतियोगिताहरुमा नेपालको सहभागिता सबै झारा टार्ने पारामा भए ।

एक महिनाअघि देशभरबाट खुल्ला छनोटका नाममा खेलाडी बटुलेर टिम बनाउने अनि त्यही टिमलाई देशको प्रतिनिधित्व गराउँदै अन्तर्राष्ट्रिय मैदानमा उतार्ने काम भएको छ । उमेर समूहको हकमा एन्फासँग कुनै पनि ठोस योजना, परियोजना देखिएन ।

एक महिनाअघि देशभरबाट खुल्ला छनोटका नाममा खेलाडी बटुलेर टिम बनाउने अनि त्यही टिमलाई देशको प्रतिनिधित्व गराउँदै अन्तर्राष्ट्रिय मैदानमा उतार्ने काम भएको छ । उमेर समूहको हकमा एन्फासँग कुनै पनि ठोस योजना, परियोजना देखिएन । योजना र परियोजना नहुँदाको परिणाम पनि नेपाली युवा टोलीहरुले सम्बन्धित प्रतियोगिताहरुमा भोग्नुपर्यो । नेपाल उपलब्धिसुन्य रहयो । सहभागिता नै नेपालको उपलब्धि रहयो, नतिजामा सुन्य ।

उपाधिनै जित्ने अपेक्षा उत्साहपूर्ण रुपमा गरिएको गरिएको महिला साफ च्याम्पियनसिपको विषयगत कुरा पनि झारो टार्ने काम मात्रै देखियो । हिलाम्मे मैदान र कमजोर व्यवस्थापनले गर्दा कम्तिमा दक्षिण एसियाली स्तरमा भए पनि नेपालको बदनाम भयो ।

दर्शकले कुटाई खानुपर्ने अवस्था सिर्जना भयो । धेरै भन्दा धेरै पास बाढ्दा टिकट काटेका दर्शकले कुटाई खानुपर्यो । टिकट काटेका सयौं दर्शक रंगशाला छिर्न पाएनन् । हजारौंले टिकट काट्ने मौका नै पाएनन् ।

तर यसको एउटा सकारात्मक कुरा चाँही महिला फुटबललाई समर्थन गर्न एकदमै ठूलो संख्यामा दर्शकहरु झरीको मौसमलाई समेत च्यालेन्ज गर्दै रंगशालामा उपस्थित भए । दर्शकको यो अपार मायालाई नेपाली फुटबल विकासको पक्षमा कसरी लगाउने भन्ने योजना परियोजना एन्फासँग हुनुपर्ने थियो । तर त्यसमा पनि निराशाजनक रुपमा एन्फा प्रस्तुत भयो । दर्शकको मायाको बदला उसले लाठी, लात्ती र मुड्कीबाट दियो ।

यही असोज ६ गतेदेखि सञ्चालन भइरहेको सी डिभिजन लिगको छनोट प्रतियोगितामा व्यवस्थापन कमजोर रहेको प्रशंग यहाँ उप्काउनु पनि आवश्यक नहोला । साफ च्याम्पियनसिप त राम्ररी व्यवस्थापन गर्न नसक्नेले सी डिभिजन छनोटलाई महत्व देओस भनेर आसा गर्नु व्यर्थ कुरा हो ।

महिला टोलीको उत्साह बढाउन दशौं हजार दर्शक रंगशाला आएको बेला साफ च्याम्पियनसिपको फाइनलमा आयोजकले प्रमूख अतिथिका रुपमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमूखहरु सँगै नीति निर्माणमा ठोष काम गर्न सक्ने विशिष्ट व्यक्तित्वहरुलाई बोलाउन सक्नुपर्थ्यो । तर एन्फाले त्यसो गर्न सकेन वा चाहेन । यदी त्यसो गरिएको भए यो रंगशालाको क्षमताले पुगेन भन्ने कुरा सरकार चलाउने हैसियतको नेतृत्वले आफ्नै आँखाले देख्थ्यो । तर एन्फाले त्यस्ता कुरामा धेरै चासो दिएको पाइएन । यसले एन्फामा फुटबलको दीर्घकालिन विकासका लागि गम्भीरता नभएको संकेत पाइन्छ ।

यही असोज ६ गतेदेखि सञ्चालन भइरहेको सी डिभिजन लिगको छनोट प्रतियोगितामा व्यवस्थापन कमजोर रहेको प्रशंग यहाँ उप्काउनु पनि आवश्यक नहोला । साफ च्याम्पियनसिप त राम्ररी व्यवस्थापन गर्न नसक्नेले सी डिभिजन छनोटलाई महत्व देओस भनेर आसा गर्नु व्यर्थ कुरा हो ।

तैपनि सी डिभिजन छनोट भनेको नेपाली व्यावसायिक फुटबलको सबभन्दा तल्लो आधार हो । त्यहाँ आउने देशभरिका प्रतिभालाई जति उत्साहित गर्न सक्यो, नेपाली फुटबलको जग त्यतिनै बलियो हुनेमा दुविधा छैन ।

एन्फाले सय दिनमा गर्न नसके पनि तत्कालै सी डिभिजनमा म्यान अफ दी म्याचलगायतका पुरस्कार राख्नुपर्छ र त्यो प्रतियोगिताका प्रत्येक खेलमा स्काउटिङका लागि दक्ष प्राविधिक जनशक्तिको व्यवस्था गर्नुपर्छ । त्यसो हुन सके विभिन्न उमेर समूहका राष्ट्रिय टिमका साथै माथिल्लो डिभिजनका क्लबहरुले पनि देशभरका प्रतिभावान खेलाडीलाई एकै थलोबाट छान्न सक्ने थिए ।

अझै पनि विभिन्न स्तरका क्लब तथा खेलाडीहरुले घोषित पुरस्कार पाइसकेका छैनन् । राष्ट्रिय खेलाडी र कर्मचारीले तलब पाएका छैनन् । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी तथा प्रशिक्षकहरुले दैनिक भत्ता समेत नपाएको कुचर्चाले नेपाली फुटबल तातेको छ । यससँगै एन्फाले काम लगाएका विभिन्न निजी कम्पनी तथा सामान किनेको रकम पनि लामो समयदेखि बक्यौता भएको भन्दै नेपाली फुटबलकै बदनाम भइरहेको छ ।

एन्फाले सय दिनको हनिमुन समय सक्दै गर्दा, बुधबार हुने साधारणसभामा केक्केन गरेको भन्दै पदाधिकारीहरु कुर्लिएलान । जुन अपेक्षित छ । तर नेपाली फुटबललाई स्वर्णिम युगमा लाने भन्दै बाचा गरेकाले सय दिनको कार्यकाल आफैले समिक्षा गर्दा पनि लाजले मुख लुकाउनुपर्ने अवस्था छ । त्यसैले विगत सय दिनमा गरेका तमाम कमजोरीलाई सच्याउँदै आगामी दिनमा नेपाली फुटबललाई सही बाटोमा डोर्याउन नेतृत्वको चेत खुलोस । विजया दशमीको शुभकामना सहित ।

(लेखक हाम्रो फुटबल नेपालका अध्यक्ष हुन् ।)


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH