चैत्र १३, २०८२ शुक्रबार | १७:२२:१७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

पिएसएल : कराँची र क्वेटा खेल्दै

काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) २०२६ मा आज(शुक्रबार) एक खेल हुदैछ ।

शुक्रबारको खेलमा कराँची किंग्स तथा क्वेटा ग्लाडियटर्सबीच नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बाट सुरु हुनेछ ।

गत संस्करणको फाइनलमा लाहोर कलन्दर्ससँग अन्तिम बलमा पराजित हुदै उपविजेतामा सिमित क्वेटा जितका साथ यस सिजनको सुरुवात गर्न चाहन्छ । पुर्व च्याम्पियन कराँची पनि जितका साथ लिगको सुरुवात गर्ने लक्ष्यमा छ ।

कराँची अस्ट्रेलियन ब्याटर डेबिड वार्नरको कप्तानीमा रहेको छ । टोलीमा मोइन अलि, रिजा हेनरिक्स तथा एडम जाम्पा जस्ता विदेशी खेलाडी रहँदा सलमान आघा, आजम खान लगयतका पाकिस्तानी खेलाडी रहेका छन् ।

एक पटक च्याम्पियन बनिसकेको क्वेटाको कप्तानमा पाकिस्तानका साउद सकिल रहेका छन् । टोलीमा उस्मान तारिक, हसन नवाज तथा अब्रार अहमद जस्ता पाकिस्तानी क्रिकेटर रहँदा टोम करन, अल्जारी जोसेफ, राइली रउसो जस्ता विदेशी खेलाडी छन् ।

यस पटकको पिएसएल नेपाली क्रिकेट समर्थकका लागि विशेष छ । लिगको टोली इस्लामाबाद युनाइटेडमा नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी अनुबन्ध भएका छन् । पिएसएलमा दीपेन्द्रको टिमको खेल भने शनिबार मुल्तान सुल्तानसँग रहेको छ ।

पिएसएलमा कुन ८ टोली सहभागी रहेकामा डबल राउण्ड रोबिन फर्म्याटमा लिग चरणका खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । पिएसएल २०२६ को फाइनल खेल ३ मे २०२६ मा रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो