चैत्र ५, २०८२ बिहीबार | २०:४८:०२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

शुभकामना ! यसपालि उपाधि घरमै राख्नुपर्छ

काठमाडौं । स्वभाविक हो, साफ महिला फुटबल च्याम्पियनसिपका हरेक संस्करणमा नेपालको छवि उपाधिको मुख्य दाबेदारको रूपमा रहने गर्छ । प्रतियोगिताको १४ वर्षे इतिहासमा नेपालले धेरै खेलमा नतिजा गुमाएको छैन । दुर्भाग्य, नेपालले अहिलेसम्म खेलेका ६ संस्करणमा उपविजेताभन्दा माथि उठ्न सकेको छैन ।

डिसेम्बर १२, सन् २०१० । नेपालको महिला फुटबल टोलीले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा पहिलो खेल खेलेको दिन । पहिलो संस्करणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० को अन्तरमा हराएको थियो । बंगलादेशको कक्स बजारमा भएको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग १–० ले पराजित भयो ।

त्यतिबेलै सुरु भयो नेपालको उपविजेता बन्ने शृंखला । अहिलेसम्मका ६ संस्करणमा पाँच पटक उपविजेता बन्दा नेपाल चार पटक भारतसँग हारेको छ भने एक पटक बंगलादेशसँग । पहिलो संस्करणको सेमिफाइनलमा नेपालसँग ३–० ले हारेको बंगलादेशले त्यसपछिको एक दशकमा महिला फुटबलमा नयाँ क्रान्ति गर्न भ्याइसक्यो । दुई वर्षअघि काठमाडौंमा छैटौं संस्करण आयोजना हुँदा नेपालले सेमिफाइनलमा भारतलाई त हरायो, तर फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो । पहिलो संस्करणमा नेपालसँग भोगेको हारको मीठो बदला लियो बंगलादेशले । त्यो पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई हराएर उपाधि जित्दै । दिन थियो, १९ सेप्टेम्बर, सन् २०२२ ।

दक्षिण एसियामा भारत हरेक फुटबल प्रतियोगिताको स्वभाविक दाबेदार हो । महिला फुटबलको कुरा गर्दा भारतपछि उपाधिको हक हो, नेपालको । तर यो हक बंगलादेशले खोसिदियो हाम्रै भूमिमा हामीलाई हराएर । यसपालि फेरि हामीसँग अवसर छ । यो मौका हामीले छोप्नुपर्छ ।

नेपालसँग बदला लिन बंगलादेशले एक दशक पर्खिए जसरी हामी कुर्न सक्दैनौं । साफ महिला च्याम्पियनसिपमा यसपल्ट बंगलादेश र भारत मात्रै होइन, आफ्नो बाटोमा आउने जुनसुकै टिमलाई परास्त गर्न नेपाली टोली सक्षम छ । दक्षिण एसियाली प्रतिस्पर्धामा विगतका सबै हिसाबकिताब यसै संस्करणमा मिलाउनुपर्छ । अर्को एक दशकमा त नेपाली महिला फुटबल एसियाली र विश्वस्तरमा देखिनुपर्छ । हेरिनुपर्छ । नेपाली टोली त्यसका लागि तयार छ, सक्षम पनि । यसका लागि केही न्युनतम सर्त भने नेपाली फुटबलका सरोकारवालाहरूले पूरा गर्नैपर्छ ।

ती सर्त भनेको वर्षभरी फुटबल खेल्ने वातावरण सिर्जना गर्नु हो । महिला लिगलाई साँच्चिकै व्यवस्थित, व्यावसायिक र नियमित गर्नु हो । खेलाडीहरूलाई नियमित अभ्यास र प्रशिक्षण दिनु हो । क्षमतावान प्रशिक्षक, विज्ञान प्रविधिले निर्दिष्ट गरेको प्रशिक्षणका विधिमा कन्जुस्याइँ नगर्नु हो । प्रश्न उठ्छ, त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार छ ?

देशको गौरव र प्रतिष्ठा बढाउने खेलाडीलाई व्यावसायिक घराना, खासगरी कर्पोरेट दुनियाँले लामो समयका लागि ‘इन्डोर्स’ गर्नुपर्छ । प्रायोजनको आकार, प्रकार र दायरा फराकिलो बनाउनुपर्छ । पदक जितेपछि सम्मान गर्ने परम्परा त छँदै छ । त्यो भन्दा पहिले हाम्रा खेलाडीलाई हरेक मैदानमा तयार राख्न, पदक जित्ने हैसियतको बनाउन सक्दो सहयोग गर्नुपर्छ । बलेको आगो मात्रै ताप्ने कर्पोरेट दुनियाँलाई दाउराको भारी बोक्न तयार पार्नुपर्छ ।

समर्थकको त कुरै भएन । हिजो पनि साथ दिएकै हो । आज पनि छँदै छ । तर समर्थनको शैली बदल्नुपर्छ । हरेक खेलमा जित हुने भए क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीका टोली कहिल्यै नहार्नुपर्ने हो, तर हार्छन । खेलमा हार–जित दुवै स्वीकार्न सक्नुपर्छ । नेपाली टोलीलाई आलोचना होइन, प्रोत्साहन चाहिएको छ । धारेहात होइन, ढाडस चाहिएको छ । जित्दा त सबै साथ हुन्छन् । कठिन समय र मोडमा साथ चाहिएको छ । यत्ति भयो भने नेपाली महिला फुटबल टोलीले जित्न नसक्ने प्रतियोगिता सायदै यो ग्रहमा होला ।

डेढ दशकमा देश बदलिएको छ । परिवेश बदलिएको छ । नेपाली महिला फुटबलको ‘फेस’ बदलिएको छ । अब बदल्नुपर्छ नेपाली महिला फुटबल टोलीको परिचय । बदल्नुपर्छ दक्षिण एसियाली महिला फुटबलको परिभाषा, अनि हाम्रो आफ्नै इतिहास । सधैं भाग्य र नियतिलाई दोष दिइराख्ने हो भने त्यहाँभन्दा माथि उठ्न सकिँदैन । नयाँ उचाइमा त्यो मात्रै पुग्छ, जसले आफ्नो पुरानो उचाइ र आधार छोड्न सक्छ । अझ भनौं, कम्फोर्ट जोनबाट बाहिर आउन नसक्ने र नचाहनेको उपलब्धि औसत मात्रै हुन्छ ।

यस पटक नेपाली महिला फुटबल टोलीले अलि बढी मिहिनेत गर्नुपर्छ । विदेशी क्लबबाट खेलेको अनुभव बोकेका धेरै खेलाडी अहिले नेपाली टोलीमा छ । उनीहरूको अनुभवलाई समग्र टोली र खेलाडीले हतियार बनाउन सक्नुपर्छ । जेहोस, फेरि अवसर जुरेको छ । १४ वर्षदेखि हामीलाई पछ्याइरहेको उपाधि यसपालि नयाँ घरमा भित्र्याउनुपर्छ । नेपाली महिला फुटबल टोलीले त्यो सफलता प्राप्त गर्नुपर्छ, जुन उनीहरूको हक हो । महिला टोलीको प्रदर्शन एन्फा र राष्ट्रिय औसतभन्दा माथि उठोस, शुभकामना !


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो