चैत्र ३, २०८२ मंगलबार | २२:२३:५८
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

खेल संघ निर्वाचनः लोकतन्त्रको नाममा चरम अलोकतान्त्रिक अभियान

काठमाडौं । राष्ट्रिय खेलकुद ऐन र त्यसअनुसारका नियमावली बनाउने काममा भएको सरकारी ढिलाईका कारण नेपालमा थुप्रै राष्ट्रिय खेल संघहरुको कार्यकाल सकिइसकेको छ ।

नेपाली खेलकुदको सर्वोच्च सरकारी निकाय राष्ट्रिय खेलकुद परिषदको निर्देशनबमोजिम चुनाव रोकेर बसेका राष्ट्रिय संघहरुमा अहिले धमाधम नेतृत्व चयनको अभ्यास भइरहेको छ । कतिपय संघले चुनाव गरेर आगामी चार वर्षका लागि नेतृत्व छानिसके भने कतिपयमा चुनाव हुने तयारी छ ।

चीनमा एसियाली खेलकुद भइरहेको छ । ठूलो संख्यामा नेपालबाट खेलाडी र पदाधिकारी सहभागिता जनाउन छिमेकी देश पुगेका छन् । देशभित्रै पनि उमेर समूहको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भइरहेको छ । अरु थुप्रै खेलमा विभिन्न प्रतियोगिताहरुको चटारो होला । तर खेल पदाधिकारीको ध्यान आगामी चार वर्षे कार्यकालका लागि नेतृत्व कसरी हत्याउने भन्नेमा केन्द्रित छ ।

खासगरी खेल संघहरुको नेतृत्वमा फेरि पनि पदाधिकारीहरु दोस्रो, तेस्रो, चौथो वा त्योभन्दा बढि पटक निरन्तर रहिरहनका लागि तानाबुना बुन्न व्यस्त छन् । एसियाली खेलकुदको नाममा २९ खेल चीनमा छ । तर कुनै पनि खेलका पदाधिकारीको ध्यान त्यतातिर छैन । आफू कसरी दोहोरिने, तेस्रो, चौथो वा त्योभन्दा बढिऔं पटक नेतृत्वमा टिक्ने भन्ने कसरतमा छन् ।

त्यस्तो कसरतमा रहेकाहरुले गरिरहेको वा गर्ने ‘लोकतान्त्रिक’ भनिएको अत्यन्तै अलोकतान्त्रिक अभ्यास कस्ता छन् त ? अहिले चुनावी माहोल चलिहरेका बेला त्यसमा ध्यान दिनु जरुरी हुन्छ । त्यसो गर्न सकियो भने मात्र सही लोकतान्त्रिक अभ्यासको माध्यमबाट नेपाली खेलकुदलाई सही मार्गनिर्देश गर्न सकिन्छ ।

भएसम्म गुपचूप जिल्ला संघ गठन गर्ने । त्यस्का लागी आसेपासे र राजनीतितक भातृ संगठन परिचालन गर्ने । खेल गतिविधी नै नहुने जिल्लामा गठन गर्न सहज हुन्छ । त्यसकारण त्यस्तै जिल्लालाई प्राथमिकतामा राख्ने र गठन भएका जिल्लावाट चूनावी साधारणसभाका लागी प्रतिनिधी छनोट आफैले गर्ने ।

पदाधिकारीहरुले लोकतान्त्रिक भन्दै गरेका अलोकतान्त्रिक र खेलविरुद्धका अभियानलाई क्रमबद्ध रुपमा यसरी बुझ्न सकिन्छ ।

– आफू अनुकुल विधान वनाउने वा भएको विधानलाई आफू अनुकुल हुनेगरि संशोधन गर्ने । नसके आफ्नै तवरले विधान को व्याख्या गर्ने ।

– भएसम्म गुपचूप जिल्ला संघ गठन गर्ने । त्यस्का लागी आसेपासे र राजनीतितक भातृ संगठन परिचालन गर्ने । खेल गतिविधी नै नहुने जिल्लामा गठन गर्न सहज हुन्छ । त्यसकारण त्यस्तै जिल्लालाई प्राथमिकतामा राख्ने र गठन भएका जिल्लावाट चूनावी साधारणसभाका लागी प्रतिनिधी छनोट आफैले गर्ने ।

– विरोधी र असन्तुष्टहरूलाई पद वाँडफाँड गरेर मिलाउने । नमिले जरैवाट निषेध गर्ने । विवाद गराएर होस वा जसरी होस व्यक्ती वा जिल्लालाई मान्यता नै नदिने । सकेन भने विभिन्न आरोप लगाउने, चरित्र हत्या गरेर भए पनि पन्छाउने ।

– यी सवै कुरालाई विधिसम्वध देखाउन र अधिकारिता दिलाउन खेलकूदका सक्ति केन्द्र नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयमा आफनो प्रभाव र सम्वन्ध प्रयोग गर्ने । आवश्यकताअनुसार लेनदेनका लागी पनि तयार हुने ।

– कामकुरा मिलेपछि क्षेत्रीय वा अन्तर्राष्ट्रिय महासंघमा चूनावका लागि प्रतिनिधी पठाएर चूनावलाई अधिकारिकता दिन पत्राचार गर्ने । घोषित समयसम्ममा अवस्था विग्रिए चूनाव रोक्ने वा सार्ने ।

– चूनावी साधारणसभाको मिति घोषणा गर्ने र त्यस लगत्तै राजनीतिक सक्ती केन्द्रमा आर्शिवादको लागि दौडधुप र आवश्यक परे उनीहरूका एकदुई जना झोलेहरू लाई पनि टिममा समावेस गर्ने वाचा गर्ने ।

चूनावमा जिते त ठिकै छ नभए तत्कालै वहिस्कार गरेर अर्को समानान्तर संघ गठन गर्ने । राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता मध्ये कमसेकम एउटा भए पनि झोलामा पार्न दौडधुप गर्ने । केही वर्ष आफ्नो खेल नै भद्रगोल बन्न सक्छ । अन्तर्राष्ट्रिय सहभागितामा प्रतिबन्ध लाग्न सक्छ । त्यसमा मतलव नगर्ने ।

– चूनावका लागि आउने प्रतिनिधीहरू सवैलाई सकेसम्म आतेजाते यातायात खर्च, खाना, दारूपानी र आवस्यक परे नगदकै पनि वन्दोवस्त गर्ने । सवै खर्च घुमाई फिराई संघकै खातावाट असुल गर्ने । परेमा सवैलाई विदेश भ्रमणको आश्वासन पनि दिने । हुलमा केही आदर्शवादीहरू पनि हुने हुनाले उनीहरूसामु ठूल्ठूला  योजनाका कूरा गर्ने ।

– अव आउछ सवभन्दा गार्हो काम । सवै आकांक्षीहरूलाई पद वाँडफाँडको प्रयास गर्ने । निर्विरोध हुन सकिएन भने नगद भेटी बुझाए पनि मतदाता विपक्षी खेमामा जाने डर हुन्छ । पूर्ण सतर्कता अपनाउने । मतदातालाई फकाउने, तर्साउने सवै हतकण्डा अपनाउने । अन्तमा यस्तो खिचडी टिम वनिन्छ की काम गर्न चाहेमा पनि गर्न सकिन्न (काम कसलाई गर्नु छ र !)

– चूनावमा जिते त ठिकै छ नभए तत्कालै वहिस्कार गरेर अर्को समानान्तर संघ गठन गर्ने । राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता मध्ये कमसेकम एउटा भए पनि झोलामा पार्न दौडधुप गर्ने । वाटो लामो हुन सक्छ, तर देसको तरल सत्ता राजनीतिका कारण निरन्तर प्रयासले सफल हुने सम्भावना निकै हुन्छ । हिम्मत नहार्ने । केही वर्ष आफ्नो खेल नै भद्रगोल बन्न सक्छ । अन्तर्राष्ट्रिय सहभागितामा प्रतिबन्ध लाग्न सक्छ । त्यसमा मतलव नगर्ने ।
– यी सवै प्रक्रिया पूरा गर्नु नै पर्छ भन्ने पनि छैन । ताल सुर मिल्यो भने कोठैमा वसेर चूनाव भयो भनेर धोषणा गर्न पनि सकिन्छ । तर त्यस्को लागी ठूलै खर्च र पहूँच चाहिन सक्छ र चर्को विरोध भएमा थेग्न सक्ने तागत पनि हुनु पर्छ । खेलाडी नै नभएको खेल संघ वा कसैको आखै नलाग्ने खालको सानो संघ भए धेरै सजिलो हुन्छ ।

यति गरेर चुनाव जितिसकेपछि के गर्ने त ?

चूनाव जितेपछि सकेसम्म घरैवाट संघ सञ्चालन गर्ने । वैदेशिक पत्राचारमा पुर्ण नियन्त्रण राख्ने । कम भन्दा कम खेलकूद गतिविधी गर्ने । धेरै गर्दा खेलाडी र सरोकारवालाहरूको संख्या वढने, अफिसियल, कोचहरूको उछलकूद वढने र अरू टाठावाठाहरूको प्रवेश हुने हुन्छ । जसले गर्दा एकलौटी गर्न र नियन्त्रणमा संघ राखिरहन निक्कै कठिन हुन्छ । साथै चूनाव सकेपछि छलेर हिडेका संघका सदस्य हरूसँग पनि भेटघाट हुने डर हुन्छ । थप बाहिरकाहरूका पनि संघमा आँखा लाग्ने सम्भावना हुन्छ । त्यसैले सकेसम्म खेल गतिविधी नगर्ने । सकिन्छ भने अरूले गरेका काम पनि आफैले गराएझै गर्ने ।  

अव प्रश्न गरौं यस्तो हतकण्डा अपनाएर संघ कव्जा गर्नेहरू र उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ दिनेहरूवाट खेल विकास सम्भव हुन्छ ? अनि एसियाली खेलकुद, ओलम्पिक र विश्व च्याम्पियनसिपजस्ता प्रतियोगिताबाट पदक अपेक्षा गर्ने हामी कति मूर्ख !

             

यी सवै के का लागी त ?

– संघको स्रोत आफ्नो लागि र आफ्नो अनुकुल प्रयोग गर्न ।

– विदेश भ्रमण गर्न ।

– सञ्चार माध्यमलाई समेत झुक्याएर आफूअनुकुल प्रचार गराएर समाज तथा साथीभाईमाझ प्रतिस्ठित व्यक्ती कहलाइन ।

– आगामी राजनीतिक यात्राको वाटो विस्तार गर्न ।      

– दुख गरेर यत्रो काम गरीसके पछी अर्को चूनावसम्म आराम र सयर गर्ने की काम गर्ने  ? जवाफ सोच्न धेरै घोरिनु जरुरी छैन । (दोहरिन, तेहरिन खेल र खेलाडीको लागि आवश्यक र राम्रो काम गरेको हुनुपर्छ  भन्ने भ्रममा चाँही नवसौं । किनकी त्यस्तो काम गरे पनि नगरे पनि फेरि आउन केही फरक पर्ने वाला छैन ।)

अव प्रश्न गरौं यस्तो हतकण्डा अपनाएर संघ कव्जा गर्नेहरू र उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ दिनेहरूवाट खेल विकास सम्भव हुन्छ ? अनि एसियाली खेलकुद, ओलम्पिक र विश्व च्याम्पियनसिपजस्ता प्रतियोगिताबाट पदक अपेक्षा गर्ने हामी कति मूर्ख !

विकल्प छैन भन्ने चाँही हैन । विकल्प छ । पहिलो विकल्प हो यस्तै चतुर अर्को व्यक्तीलाई जिताउन सहयोग गर्ने ।

ठिक लागेन ?  ठिक लाग्दैन भने अर्को विकल्प हो, यस्ता विधी अपनाउन खोज्ने हरूलाई सवैले विरोध गर्ने वा विरोध गर्ने लाई साथ दिने । सकिन्न भने यस्तालाई साथ चाँही कदापी नदिने ।

सँगसँगै जिल्ला तह देखि नै केन्द्रिय स्तरसम्म राजनीतिक पार्टीको हस्तक्षेप विनाको खेल संघ निर्माण गर्न सवैले जोड गर्ने । वहुमतले इच्छाएको काविल मान्छेलाई प्रतिनिधी वनाएर पठाउने ।

(लेखक पूर्व राष्ट्रिय खेलाडी एवं नेपाल एथ्लेटिक्स संघका पूर्व महासचिव हुन् ।) 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH