फाल्गुन १५, २०८२ शुक्रबार | २३:१२:१५
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

पुलिसको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एनभिए महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । राष्ट्रिय टिमकी उषा भण्डारी, पुनम चन्द सम्मिलित पुलिसले सहज जित निकाल्दा पहिलो सेट २५–१० दोस्रो सेट २५–६  र तेस्रो सेट २५–११ ले आफ्नो पक्षमा पारेको हो ।

योसँगै समूह ‘बी’ मा पुलिसले तीन अंक हासिल गरेको हो । अब, पुलिसले दोस्रो खेलमा मंगलबार एपिएफ क्लबसँग खेल्ने तालिका रहेको छ । यो समूहमा पुलिस, सुदूरपश्चिम र एपिएफसँगै मधेश प्रदेश छ ।

आज नै हुने उद्घघाटन खेलमा हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउँसो ३ बजे खेल हुने भएको छ ।

एनभिएले २० पुससम्म आयोजना गर्ने प्रतियोगितामा २० टिम सहभागी हुनेछन् । पुरुषतर्फ १२ तथा महिलातर्फ ८ टिम सहभागी छन् । प्रतियोगिताबाट १४ क्लब प्रधानमन्त्री कप लिगको लागि छनोट हुनेछन् ।

घरेलु भलिबलका सानदार प्रदर्शन गर्दै आएको गण्डकी प्रदेश भलिबल संघले भने आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता जनाउन नसकेको प्रष्ट पारेको छ । प्रतियोगिताको अघिल्लो दिन पत्र लेख्दै गण्डकी प्रदेश भलिबल संघले एनभिएसँग क्षमा मागेको छ । राष्ट्रिय टिमको खेलाडी छनोटको विषयलाई लिएर सुरु भएको विवाद अहिले भने आर्थिक अभावको कारण देखाइएको छ ।

गण्डकी भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहल सिंह थापाले संयुक्त हस्ताक्षर गर्दै आर्थिक अभावका कारण एनभिए च्याम्पियनसिप र टाइगर कप दुबैमा सहभागी हुन नसकको प्रष्ट पारेका छन् । साथै संघले एनभिए लिग भब्य सफलताको लागि शुभकामना पनि दिएको छ ।

च्याम्पियनसिपको पुरुषतर्फ तीन विभागीय क्लबहरु (त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ)सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी छन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।

यो च्याम्पियनसिपबाट पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिम प्रधानमन्त्री एनभिए लिगको लागि 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||