माघ ५, २०८२ सोमबार | १६:११:४२
एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई

बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाङ्काल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने आयोजना हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ ।

प्रतियोगिताको सबै खेलहरु महांकाल वडा ४ को बागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५ पाउनेछ । यस्तै, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ पाउनेछन् । चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लाल बहादुर स्याङ्तानले जानकारी दिए ।

क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानले प्रतियोगितामा सहभागिता जनाउने ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने बताए । प्रतियोगितामा सहभागिता जनाउन फागुन ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । अध्यक्ष स्याङ्तानले यसअघि ह्यान्डबल र सेपाताक्रो आयोजना गर्दै आए पनि यसपटक भलिबल हुन लागेको जानकारी गराए ।

महांकाल गाउँपालिकाका अध्यक्षमा गणेशबहादुर केसी र खेलकुद विकास समितिका अध्यक्ष राजवीर थोकर छन् । अध्यक्ष स्याङ्तानले सरोकारवाला पक्षको सहयोगले प्रतियोगिता आयोजन गर्न हौसिएको जानकारी गराए ।

प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० जना खेलाडी रहने छन् । जसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका २ खेलाडी समावेश गर्न पाउनेछन् ।

महांकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट १६ देखि १८ माघ सम्म हुनेछ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate