फाल्गुन ७, २०८२ बिहीबार | ०१:५३:३४
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट
शनिबारको दिन शनिबारको दिन

अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस

काठमाडौं । अपेक्षित नतिजा निकाल्दै न्यु डायमण्ड र विभागीय टोली नेपाल पुलिस क्लब नवौं एनभिए महिला तथा पुलिस क्लब च्याम्पियनसिपको फाइनलमा स्थान बनाएका छन् । प्रतियोगिताअघि नै न्यु डायमण्ड र नेपाल पुलिसलाई उपाधि दाबेदार मानिएको थियो ।

प्रतियोगितामा सहभागी ८ टिमलाई पछि पार्दै घरेलु भलिबलमा महारथी दुई टिम उपाधि नजिक पुगेका छन् । त्रिपुरेश्वरको कभर्डहलमा शनिबार १ बजे हुने खेलपछि विजेताको टुंगो लाग्नेछ ।

प्रतिभा मालीको आगमनपछि हौसिएको न्यु डायमण्डले प्रतियोगितामा सानदार प्रदर्शन गर्यो । अघिल्लो पटक प्रतिभा नहुँदा टिमले चौथो स्थानमा चित्त बुझाएको थियो ।

यसपटक टोली अपराजित रहँदै चारै खेल सोझो सेटमा जित्न सफल भयो । प्रतिभा करिब २ वर्षपछि नेपाल फर्किएकी हुन् । उनी अस्ट्रेलिया पुगेपछि नेपाल फर्किएर पहिलो पटक कोर्टमा उत्रिइन् । स्वभाविक लयमा फर्किएकी प्रतिभाले उपाधि जित्न खेल्ने बताइएकी छिन् । ‘व्यक्तिगत प्रदर्शनको कुरा गर्दा म आफै त्यति सन्तुष्ट छैन । तर, टिमले राम्रो गर्यो र फाइनल पुगेका छौं ।’

कुमार राई प्रशिक्षक रहेको न्यु डायमण्डको लागि सुमित्रा रेग्मीले सानदार प्रदर्शन गरेकी छिन् । सेटर प्रगती नाथ र लिबेरो सलिना श्रेष्ठले पनि उस्तै प्रदर्शन जारी राखे । युवा खेलाडीहरु सुनिता खत्री, निशा महत र सलिना बुढाथोकीले आफ्नो भविष्य उज्वल रहेको देखाए । सेमिफाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफविरुद्ध त सलिना बुढामगरले सानदार प्रदर्शन गर्दै प्लेयर अफ दि म्याच प्रदर्शन नै गरिन् ।

न्यु डायमन्डले समूह ‘बी’ को पहिलो खेलमा चुली युवा क्लबलाई २५–१०, २५–५ र २५–१५ ले पराजित गर्यो । दोस्रो खेलमा आर्मीलाई पनि सोझो सेटमै हरायो । तीन सेटमा आर्मीले मात्र समान १७ अंक जोडेको थियो । अन्तिम खेलमा एभरेष्ट भलिबल क्लबलाई पनि २५–२१, २५–१५ तथा २५–१४ ले हराउँदै समूह विजेता बन्यो । सेमिफाइनलमा पनि टोलीले अर्को विभागीय टोली एपिएफलाई नै २५–१७, २५–२० तथा २५–७ ले जित निकाल्यो । तेस्रो सेटमा न्यु डायमण्डले लगातार १२ अंक जोड्दा एपिएफले भने एक अंक पनि जोड्न सकेको थिएन ।

न्यु डायमण्डका प्रशिक्षक कुमार राई लय कायम राख्दै उपाधि जित्ने बताउँछन् । ‘खेलाडीले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । यही लय कायम राखे हामी उपाधि जित्छौं ।’

यता, पुलिस लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउन सफल भयो । अघिल्लो पटक पुलिस फाइनलमै एभरेष्टसँग चुकेको थियो । भारतीय तीन खेलाडीसहित नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई अनुबन्ध गरेको एभरेष्ट पहिलो पटक च्याम्पियन बनेको थियो । यसपटक भने एभरेष्ट सेमिफाइनलमै पुग्न सकेन । यदपि, शीर्ष आठमा स्थान बनाउँदा प्रधानमन्त्री कप लिगको लागि भने छनोट भएको छ ।

समूह ‘बी’ मा पुलिसले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई सोझो सेटमै हरायो । दोस्रो खेलमा भएको विभागीय डर्वीमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हरायो । यो खेलमा पुलिसले लगातार दुई सेट जितेपछि एपिएफले कमब्याक गरेको थियो । तर, निर्णायक खेलमा पुलिस १५–९ ले विजयी भयो ।

पुलिसले तेस्रो खेलमा मधेश प्रदेश खेलकुद परिषद्लाई पनि सोझो सेटमै हराएको हो । सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली आर्मीलाई ३–१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेर फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा पुलिसको टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ । हाल पुलिसमा उषा भण्डारीसहित पुनम चन्द, कामना विष्ट, लक्ष्मी चन्द, कोपिला राना, कमला पुनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । न्यु डायमण्डबाटै उदायका रिमा कुँवर र एलिसा मानन्धरले पनि आफूलाई प्रमाणित गरिरहेका छन् ।

रुपेश विष्टको प्रशिक्षणमा रहेको पुलिस यो प्रतियोगिता जित्दै काभा क्लब च्याम्पियनसिपअघि उत्कृष्ट तयारी भएको जानकारी दिने रणनीतिमा छ । पुलिस यो प्रतियोगितापछि काभामा होमिनेछ ।