फाल्गुन १५, २०८२ शुक्रबार | २३:१३:३७
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने

काठमाडौं । पाकिस्तानका तीन खेलाडी समेट्दै हेल्प नेपालले नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए पुरुष तथा महिला च्याम्पियनसिपको लागि टिम घोषणा गरेको छ । यसअघि कुमुम पश्चिमले पनि तीन पाकिस्तानी खेलाडी टिममा समावेश गरेको थियो ।

हेल्प नेपालले प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिएको छ । क्लबले यसपटक पनि उपाधि जित्ने योजनासहित पाकिस्तानका  मुबासर राजा, फखर उददिन र मुहम्मद आसिफ नविदलाई अनुबन्ध गरेको छ । तीनै खेलाडीले यसअघि पनि एनभिएका विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

यसअघि टिमबाट खेलेका राष्ट्रिय टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ भने हेल्प नेपालको टिममा छैनन् । नेपाली सेनाको जागिर खाडेर उनी अस्ट्रेलिया पुगेका थिए । केही समयको लागि फर्किएका उनले हेल्प नेपालबाट खेलेका थिए ।

टिममा सुवास कुँवर, चन्द्र बहादुर राना, सन्तोष राई, विष्णु बहादुर क्षेत्री, टोपबहादुर क्षेत्री (दिपक), चिरञ्जिवी खड्का, मनिष मानन्धर, प्रदिपकुमार चौधरी र नरबहादुर सुनार टिममा रहेका छन् ।

एनभिएले बुधबार राति कूल २० टिम सहभागी हुने च्याम्पियनसिपका खेल तालिका सार्वजनिक गर्दै बिहानीसत्रमा महिला र दिउसोमा पुरुष खेल हुने तय गरेको छ ।

हेल्प नोपल समूह ‘ए’ मा छ । यो समूहमा हेल्प नेपालसँगै विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ र मणिमुकुन्द भलिबल क्लब रहेका छन् ।

शुक्रबार हुने उद्घाटन खेलमा हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउसो तीन बजे खेल हुने भएको छ । एनभिएले हरेक दिन चार खेल हुने तय गरेको छ । बिहान दुई खेल महिला र दिउसो दुई खेल पुरुषका हुनेछन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम सहभागी छन् । उनीहरुलाई चार समूहमा विभाजन गरिएको  छ । महिलातर्फ ८ टिम सहभागी हुने छन् । उनीहरुलाई दुई समूहमा राखिएको छ । लिग चरणपछि क्वार्टरफाइनलका खेल हुनेछन् । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।

लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो ।  पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाउँदै आएको छ ।

गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||