काठमाडौं । नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ रुकुम पश्चिम ट्रेनिङ सेन्टरले विजयी सुरुआत गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न दिनको चौथो खेलमा रुकुमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । समूह ‘सी’को खेलमा रुकुमले बुढानिलकण्ठलाई २५-१९, २५-२१, २५-२१ ले निराश पार्यो ।

जितसँगै रुकुमले तीन अंक जोड्यो । अब रुकुमले सोमबार जावलाखेलसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार बुढानिलकण्ठ र जावलाखेलबीच समूहको अन्तिम खेल हुने तालिका छ ।
सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
