काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न समूह ‘डी’को खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा कोशीले तीनवटै सेटमा आर्मीलाई ‘थ्रेट’ महसुस गरायो । तीनवटै सेटमा कोशी जितको नजिक रह्यो ।
आर्मीले २५-२३, २७-२५, २७-२५ ले नतिजा आफ्ने पक्षमा पारेको हो । जितसँगै आर्मीले तीन अंक जोड्यो । आर्मीले आइतबार आफ्नो दोस्रो खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ । कोशीले कान्तिपुरसँग बुधबार खेल्नेछ ।
सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
