फाल्गुन १५, २०८२ शुक्रबार | २३:१२:१५
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा

काठमाडौं । लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा हरायो । यसअघि नै विभागीय टोली नेपाल पुलिस क्लब, हेल्प नेपाल र रुकुम पश्चिम अन्तिम आठमा प्रवेश गरेका थिए ।

कीर्तिपुर प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । खेलमा आर्मी २५–१९, २५–२१ तथा २५–२१ ले नै विजयी भयो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा हराएको थियो । लगातार दोस्रो जितपछि आर्मीले समूह ‘डी’ मा ६ अंक जोडेको छ ।

आज नै भएको समूह ‘सी’ को खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । तीन पाकिस्तानी खेलाडीको सानदार प्रदर्शनमा पहिलो र दोस्रो सेट २५–२० र २५–१८ ले जितेको रुकुम चौथो सेटमा भने २३–२५ ले पराजित भयो । तर, चौथो सेटमा टोली २५–१८ ले विजयी हुँदै तीन अंक जोड्न सफmल भएको हो । पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

प्रतियोगिताको चौथो दिनपनि चार खेल आयोजना हुँदैछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भने बिहान पुरुषतर्फ र दिउसो महिलातर्फका खेल भइरहेका छन् । यसअघि तीन दिन सुरुमा महिलातर्फका खेल भएका थिए ।

यता, महिलातर्फ पनि दुई खेल हुनेछन् । पहिलो खेलमा उपाधि दाबेदार आर्मी र न्यु डायमन्ड प्रतिस्पर्धा गर्दैछन् । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ । पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल तथा न्यु डायमन्डले चुली युवा क्लबलाई हराउँदै तीन अंक जोडेका थिए ।

दिनको अन्तिम खेलमा साझ ४ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् भिड्दैछन् । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम नेपाल पुलिस तथा मधेश एपिएफसँग सोझो सेटमा पराजित भएका थिए । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||