चैत्र १५, २०८२ आइतबार | १८:११:०२
डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात

गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा पहिलो पटक विभागीय टोलीमाथि गण्डकीको ऐतिहासिक जित हासिल गरेको छ ।

तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकीले एपिएफलाई ४३ रनले पराजित गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेलमा प्रत्येक टोलीले समान २१ ओभर पाएका थिए ।

गण्डकीले दिएको १५१ रनको लक्ष्य पछ्याएको एपिएफ १८ दशमलब ३ ओभरमा १०७ रनमा अल आउट भयो । एपिएफका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । खराब ब्याटिङलाई निरन्तरता दिएका कप्तान रोहित पौडेललाई ३ रनमा गुमाएको एपिएफका लागि कमलसिंह ऐरीले १७ रन जोडे ।

ओपनर लोकेश बम र आसिफ शेख समान १४ तथा सन्दीप जोरा ८ रनमा आउट हुँदा अभिशेष गौतम १४ रनमा अविजित रहे । गण्डकीका लागि अपराजित पौडेल र सिब्रिन श्रेष्ठ समान ३ र सुवास भण्डारी २ विकेट आफ्नो नाममा गर्न सफल भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश २१ ओभरमा ७ विकेट गुमाएर १५० रन बनाउँन सफल भएको थियो । गण्डकीका लागि ओपनर गौरब विकले सर्वाधिक रुपमा ३७ रन जोडे । दिपक डुम्रे ३४, अर्जुन कुमाल २५ तथा कप्तान विपिन खत्री २० रनमा आउट भए ।

एपिएफका लागि अभिनास कोहोराले ३ तथा कमलसिंह ऐरी, युवराज खत्री र अभिशेक गौतमले समान १ विकेट लिए । पहिलो जित हात पारेको गण्डकीको चौथो खेलबाट ३ अंक भएको छ । पराजित एपिएफको समान खेलबाट ३ अंक नै रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो