पुस ९, २०८२ बिहीबार | १४:१९:१७
एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता

शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता

काठमाडौं। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नवौं संस्करणको भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ ।

बिहीबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस स्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी पाँच टोलीको सहभागिता रहने बताएको छ । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद पांच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीलाई एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । 

पुरस्कार राशि मात्रै १३ लाख रुपैयाँ रहेको प्रतियोगिताको अनुमानित बजेट करिव ४० लाख रुपैयाँ छ । यसैगरी नवौ संस्करणको उद्घाटन समारोहका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित शेरबहादुर खड्‌का स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I