फाल्गुन १५, २०८२ शुक्रबार | २३:१४:०४
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

धिरजले बुढानिलकण्ठबाट खेल्ने

काठमाडाै‍ । नेपाली राष्ट्रिय भलिबल टोलीका स्पाइकर धिरोज काजी बस्नेतले नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गर्ने एनभिए पुरुष तथा महिला च्याम्पियनसिपमा बुढानिलकण्ठ भलिबल क्लबबाट खेल्ने भएका छन् ।

यसअघि हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबाट खेलिसकेका धिरोजले यसपटक बुढानिलण्ठबाट खेल्ने निर्णय गरेका छन् । अध्यक्ष सुवर्ण थापा मगरले प्रशिक्षकको जिम्मेवारी राम खड्कालाई दिएका छन् ।

टिमको खेलाडीमा धिरोजसहित दिलिप राई, नबिन श्रेष्ठ, सुरेश मल्ल, पारस बोहोरा, भुवन पाठक, विकाश तामाङ, पुस्कल थापा, अर्जुन मल्ल, पुस्कर मगर र शंकर तामाङ रहेका छन् । विदेशी खेलाडी भने टोलीले घोषणा गरेको छैन ।

एनभिएले बुधबार राति कूल २० टिम सहभागी हुने च्याम्पियनसिपका खेल तालिका सार्वजनिक गर्दै बिहानीसत्रमा महिला र दिउसोमा पुरुष खेल हुने तय गरेको छ ।

बुढानिलण्ठ समूह ‘सी’ मा छ । यो समूहमा बुढानिलकण्ठसहित रुकुम पश्चिम र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर रहेका छन् ।

शुक्रबार हेल्प नेपाल र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच दिउसो तीन बजे उद्घाटन खेल हुने भएको छ । एनभिएले हरेक दिन चार खेल हुने तय गरेको छ । बिहान दुई खेल महिला र दिउसो दुई खेल पुरुषका हुनेछन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेलको उपाधि भिडन्त २० गते हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम सहभागी छन् । उनीहरुलाई चार समूहमा विभाजन गरिएको  छ । महिलातर्फ ८ टिम सहभागी हुने छन् । उनीहरुलाई दुई समूहमा राखिएको छ । लिग चरणपछि क्वार्टरफाइनलका खेल हुनेछन् । च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभिए लिगको लागि छनोट हुनेछन् ।

लिगमा गण्डकी प्रदेशले भने सहभागिता जनाउने छैन । यसअघि घरेलु प्रतियोगितामा कडा चुनौती दिँदै आएको गण्डकीले राष्ट्रिय टिम छनोटमा असहमती जनाउँदै लिग नखेल्ने निर्णय गरेको हो ।  पछिल्लो पटक नेपालले सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कपमा खेल्यो । घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गरेका केही खेलाडी नसमेटिएपछि गण्डकीले असहमती जनाउँदै आएको छ ।

गण्डकी सहभागी नभएपछि पुरुषतर्फ तीन विभागीय क्लबहरु ( त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ ) तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) सहभागी हुनेछन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीहरु (पुलिस, आर्मी र एपिएफ)सँगै न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||