काठमाडौं । रुकुम पश्चिम ट्रेनिङ सेन्टरमाथि ३–२ सेटको रोमाञ्चक जित हासिल गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा रुकुमले २–१ को अग्रतालाई जोगाउन सकेन । सुरुआती सेट २०–२५ ले गुमाएको रुकुमले त्यसपछि २५–२३, २५–१५ ले लगातार दुई सेट आफ्नो पक्षमा पार्यो । चौथो सेटमा आर्मीले २६–२४ ले बाजी मार्यो । निर्णायक सेटमा आर्मी १५–१२ ले विजयी भयो ।

शनिबार फाइनलमा आर्मीले साबिक विजेता हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।
भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
