पुस १२, २०८२ आइतबार | ००:५७:४१
हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित

हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर

काठमाडौं । एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा आज (आइतबार) पनि चार खेल हुँदैछन् । आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिताको तेस्रो दिनपनि महिला र पुरुषतर्फ समान २ दुई खेल हुनेछन् ।

महिलातर्फ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबबीच खेल हुनेछ । समूह ‘बी’ मा आर्मी लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा छ । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

चुली भने पहिलो खेल जित्ने योजनामा छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । बिहान १० बजे हुने खेल पनि आर्मीले सोझै सेटमा जित्ने सम्भावना देखिन्छ । चुलीले पहिलो खेलमा न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।

 

महिलातर्फको दोस्रो खेलमा १२ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले बलियो एपिएफ क्लबको सामना गर्दैछ । एपिएफ लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा सुदूरपश्चिम भने पहिलो जित निकाल्ने दाउमा छ ।

शनिबारमात्रै एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

यता, पुरुषतर्फ हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लबलाई आ–आफ्ना खेल जित्दै क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।

दिनको तेस्रो खेलमा हेल्प नेपालविरुद्ध मणिमुकुन्द भलिबल क्लब खेल्दैछ । २ बजे हुने खेलमा हेल्प नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ । मणिमुकुन्द पहिलो खेलमै अंक जोड्ने चाहन्छ । यदि यो खेलमा पराजित भएपनि मणिमुकुन्दलाई एपिएफविरुद्धको खेल जित्दै क्वार्टरफाइनल पुग्ने अवसर रहन्छ ।

४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I