पुस १२, २०८२ आइतबार | १४:५१:०९
एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा

लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा एपिएफको महिला टोलीले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । एपिएफले खेल २५–६, २५–११ तथा २५–१२ को जित निकाल्यो ।

शनिबारमात्रै एपिएफले समूह ‘बी’ मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । पहिलो खेलमा एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् ।

यो हारपछि सुदूरको सम्भावना निकै कमजोर बनेको छ । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

आज नै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई सोझो सेटमा हरायो । आर्मीले २५–१६, २५–१२ तथा २५–९  को जित निकालेको हो ।

समूह ‘बी’ मा आर्मी लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन सफल भयो । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

लगातारको दोस्रो हारपछि चुलीको  सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । चुलीले पहिलो खेलमा पनि न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।

यता, पुरुषतर्फ हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लबलाई आ–आफ्ना खेल जित्दै क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।

दिनको तेस्रो खेलमा हेल्प नेपालविरुद्ध मणिमुकुन्द भलिबल क्लब खेल्दैछ । २ बजे हुने खेलमा हेल्प नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ । मणिमुकुन्द पहिलो खेलमै अंक जोड्ने चाहन्छ । यदि यो खेलमा पराजित भएपनि मणिमुकुन्दलाई एपिएफविरुद्धको खेल जित्दै क्वार्टरफाइनल पुग्ने अवसर रहन्छ ।

४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ ।

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I