पुस १२, २०८२ आइतबार | १७:२४:३६
समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड

हेल्प नेपाल क्वार्टरफाइनलमा

काठमाडौं । हेल्प नेपाल क्लब लगातार दोस्रो जित निकाल्दै एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हरायो ।

तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले २५–१६, २५–१९ तथा २५–२२ को जित निकाल्यो ।  समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

पहिलो खेलमै पराजित भएको मणिमुकुन्द दोस्रो खेलमा एपिएफसँग खेल्नेछ । यो खेलमा जित निकाल्ने टिमलाई पनि क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।

यसअघि महिलातर्फको दुई खेलमा विभागीय टोलीहरु शसस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएका थिए ।

दिनको दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । एपिएफले खेल २५–६, २५–११ तथा २५–१२ को जितेको हो । शनिबारमात्रै एपिएफले समूह ‘बी’ मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । पहिलो खेलमा एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । लगातार दुई खेलपछि एपिएफले ६ अंक भएको छ ।

यो हारपछि सुदूरको सम्भावना निकै कमजोर बनेको छ । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।

आज नै भएको पहिलो खेलमा विभागीय टोली आर्मीले चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै समूह ‘बी’ मा ६ अंक जोड्यो । आर्मीले २५–१६, २५–१२ तथा २५–९ को जित निकालेको हो । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

लगातारको दोस्रो हारपछि चुलीको  सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । चुलीले पहिलो खेलमा पनि न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।

अब, ४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल पुग्ने दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I