काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत महिलातर्फ समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा पुलिसले सेमिफाइनल समीकरणबाट बाहिरिसकेको मधेश प्रदेशमाथि ३-० को सोझो सेटमा विजयी हासिल गर्यो । एक पक्षीय बनेको खेलमा मधेशले कुनै पनि बेला पुलिसलाई ‘थ्रेट’ दिन सकेन । पुलिसले २५-३, २५-८ र २५-९ ले खेलमा बाजी मार्यो ।
पुलिसले यसअघि नेपाल एपिएफ क्लबलाई ३-२ र सुदूरपश्चिम प्रदेशलाई ३-० को सेटमा हराएको थियो ।
शुक्रबार सेमिफाइनलमा पुलिसले समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन समूह ‘बी’को उपविजेता एपिएफले समूह ‘ए’को विजेता न्यु डायमन्ड स्पोर्टस क्लबसँग खेल्नेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
