काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ को खेलतालिका सार्वजनिक भएको छ ।
माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि २३ सम्म चल्ने प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइङ्गेसँग प्रतिस्पर्धा गर्नेछ ।
सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहने प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा हुनेछ । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपालले धिवेही सिफाइङ्गेपछि माल्दिभ्सकै अर्को टोली क्लब एचडिसी, कीर्गिस्तानको बिश्केक, काजकिस्तानको जायक भिसी र श्रीलंकाको पोर्टस अथोरिटीसँग खेल्ने तालिका छ ।
हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय बेहोरेको थियो ।