भाद्र ३१, २०८१ सोमबार | १०:५४:३६
३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन विवेक बने नेपालको पहिलो फिडे मास्टर ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन विवेक बने नेपालको पहिलो फिडे मास्टर

ओलम्पियन धाविका सन्तोषीलाई दाजुको प्रश्नः ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?’

ओलम्पिक स्वर्ण विजेता सिफान हसन र सन्तोषी

प्रिय नानी, प्रिय धावक, प्रिय ओलम्पियन-हाम्री गोल्डेन गर्ल,

 स्वर्ण विजेता खेलाडीले दूरी ३३ मिनेटसम्म पर्खेर तिमीलाई अँगालो हाल्नु नै तिम्रो जित हो ।

न्यानो अँगालो सामान्य होइन, यो सहृदयीता, स्नेह, प्रेम र सम्मान तिमीले कमाएको खेलजीवनका उत्कृष्ट उपहार हुन् । यसलाई प्रेमले आफ्नो हृदयमा जीवनभरी सजाएर राख्नु । तिम्रो प्रेरणा, तिम्रो सखी सिफान हसनको न्यानो अँगालोलाई अनुभूत गर !

तिमीले आठौं राष्ट्रिय खेलकुदमा १५०० मिटर, ५००० मिटर र १००० मिटरमा पदक जित्दा ‘छोटो दूरी र मध्यम दुरी एउटै खेलाडीले खेल्न र मेडल लगाउन कसरी सम्भव छ ?’ भन्ने खालका प्रश्नहरुको सामना गरेकी थियौ ।

तर त्यसको केही दिनमै आज तिमिलाई अँगालो हाल्ने तिम्रो प्रेरणादायी खेलाडी सिफानले त्यस्तै गरेर आफूलाई प्रमाणित गरेकी थिइन्, साथै तिमीमाथि आएका खराब प्रश्नको जवाफ भएकी थिइन् । त्यसअघिसम्म उनको फलोअर मात्र रहेकी तिमीले त्यही दिनदेखि सिफानलाई आत्मीय रुपमा चिनेकी थियौ । यही संयोगले म पनि सिफानसँग परिचित भएको थिएँ ।

संयोगहरु सुन्दर हुन्छन्, तिमीले नेदरल्यान्ड्सको ग्लोबल कम्युनिकेशनको प्रशिक्षण अवसर र आघात उपचारको चाँजोपाँजो पाउँदा एसियाली खेलाडीका लागि यो विरलै पाइने यो संयोग त थियौ नै । तिमीले यही अवसरमा इथियोपियामा जन्मेका नेदरल्यान्ड्सकी उत्कृष्ट धावक सिफानलाई भेट्न मात्र पाएनौ, सँगै प्रशिक्षण लिन पनि पायौं ।

ओलम्पिक स्वर्ण विजेता सिफान हसन र सन्तोषी

तिमीले आफ्नो आत्मा भरेकी धावकसँग सुख-दुःख साट्न मात्र पाएनौं, सुन्न र महसुस गर्न पनि पायौं । तिमीहरुले मध्यरातमा जुन हेर्दै घण्टौं कुराकानी गरेका पलहरु मलाई पनि सुनाउँदा मेरा कान मात्र होइन रौंहरु पनि ठाडा भएका थिएँ । आज उनी र तिमी एउटै यात्रामा थियौ, एउटै सडकमा थियौ, एउटै ओलम्पिकमा थियौ । हो आज उनको अँगालो तिमीलाई कुरिरहेको थियो ।

बंगलादेशमा म्याराथन डेब्युमै राखेको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न सकेनौं, यसमा तिम्रो मन हुँडलिइरहेको होला । तर यो लक्ष्य सामान्य थिएन । यसपालीको म्याराथन कोर्स त्यति सहज पनि थिएन, सहरको भित्री भागहरु घुम्दै दौडनुपर्ने यो कोर्स आकर्षक थियो । तर वारम्बार आइरहने घुम्ति र उकाली(ओरालीले कोर्सलाई निक्कै चुनौतीपूर्ण बनाएको थियो ।

यी सबै थाहा हुँदाहुँदै पनि हामी भने आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नुपर्छ भनेर दवाव दिन्थ्यौं । अझ २ घण्टा ४० मिनेटभित्रै सकिन्छ भनेर उकासिरहन्थ्यौं । ती सब उक्साहट तिमीलाई उत्साह भर्नका लागि थिए ।

हामी यता बसेर लाइभ हेरिराख्दा विभिन्न देशका ११ खेलाडीलेबीचबाटै खेल छाड्दा तिमीले चाहिँ पक्कै पूरा गर्नेछौ भनेर विश्वासका साथ मुटु बाँधेर बसिरहेका थियौं । तिमीले आफ्नो कीर्तिमानभन्दा बढी समयमा दुरी पार गरे पनि ओलम्पिक कोर्स पूरा गरेकोमा हामी खुशी भइरहेका छौं र भनिरहेका छौं, बधाई नानी ।

दुई दिनअघि मात्र पुरानो आघातमा अलिकति दुखेको भन्थ्यौं, अनि सिफानका प्रशिक्षक र फिजियो टिमले नै केही उपचार पनि गरिदिए भन्ने सुन्दा चिसो पसेको थियो । ती सहृदयी टिमलाई अथाह धन्यवाद सुनाइदेऊ ।

ओलम्पिकमा प्रतिस्पर्धा गर्दै सन्तोषी

सिफानलाई बधाई र माया र सुनाइदेऊ ।हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर खुट्टा कस्तो छ ? भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ? ’

यो सँगै ओलम्पिक यात्राका लागि साथ दिने मुख्य प्रशिक्षक रघुराज वन्तलगायत सम्पूर्ण प्रशिक्षकहरु, खेलकुद परिषद्, ओलम्पिक कमिटी, एथलेटिक्स एसोसिएसन र प्रशिक्षणका सहयात्री धावकहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यम, सम्पूर्ण शुभेच्छुक मनहरुलाई परिवारको तर्फबाट हृदयभरीको धन्यवाद । यो यात्रा सफल बनाउन यहाँहरुको पनि उत्तिकै मेहनत, लगाव र भवनाहरु जोडिएका छन्, नमन ।

तिम्रो दाजु । 
२०८१ साउन २७

(सन्तोषीका दाजु केदार श्रेष्ठले फेसबुकमा पोष्ट गरेका भावना र तस्बिर सामान्य सम्पादनसहित प्रकाशन गरिएको हो ।)


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024