आश्विन १६, २०८२ शुक्रबार | ०४:१७:२३
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

खेल पत्रकारिता दिवसको शुभकामना !

एउटा प्रसङ्ग 
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा दुई दशकभन्दा लामो समय गणेश थापाको नेतृत्व थियो । उनको नेतृत्वकालमा थापा र उनका निकटहरू हामीलाई ‘पित पत्रकार’को दर्जा दिन्थे । पत्रकारले देखेर लेखेको कुराबाट उनीहरू कहिल्यै खुसी थिएनन् । अनि विपक्षीहरू भन्थे, ‘ओहो क्या, गजबको लेख्नुभयो ।’

२०७२ सालमा नेपालमा ठुलै भूइँचालो आयो । १० हजारभन्दा बढी मानिसले ज्यान गुमाए । सबैखाले संरचना ध्वस्त भयो । ठिक त्यही बेला विश्व फुटबलमा केही वर्षअघिदेखि आउँदै गरेको भुइँचालोको पराकम्प आयो । जसले थापाको दुई दशकभन्दा लामो शासनको अन्त्य गर्यो । केही समयलगत्तै एन्फाको सत्तामा थापाविरोधी समूहबाट कर्माछिरिङ शेर्पा नेतृत्वमा पुगे ।

शेर्पा नेतृत्वमा पुग्नेबित्तिकै थापा र उनका पक्षधरलाई समाचार राम्रो लाग्न थाल्यो । अघिल्लो दिनसम्म ‘तपाईंको काउन्टर अट्याकले त मनको चिलाई मार्छ । गजब लेख्नुहुन्छ’ भन्नेहरू ‘अचेल म तपाईंको काउन्टर अट्याक पढ्दिनँ । पहिला कहिले आउला भनेर कुरेर बस्थेँ । अचेल त निकै बायस भएर लेख्नुहुन्छ’ भन्न थाले ।

‘ह्या अजयजी अचेल म तपाईंको काउन्टर अट्याक पढ्दिनँ । पहिला कहिले आउला भनेर कुरेर बस्थेँ । अचेल त निकै बायस भएर लेख्नुहुन्छ ।’

फेरि चार वर्षमा एन्फाको नेतृत्व फेरियो । सत्तामा शेर्पाकै विरोधी समूह पुग्यो । अध्यक्ष पंकजविक्रम नेम्वाङ अनि महासचिव किरण राई चुनिए । नेतृत्वमा आउनुअघिसम्म नेम्वाङ र राईलाई हाम्रो पत्रकारिता र मेरो काउन्टर अट्याकले चिलाई मार्थ्यो । कहिले आउला भनेर प्रतीक्षारत हुन्थे । अचेल उनीहरूलाई यही पत्रकारिता र काउन्टर अट्याकले बिझ्न थालेछ । एकदिन राईले रंगशालामा उनी विपक्षी खेमामा हुँदा शेर्पा पक्षका एक पदाधिकारीले भनेझै मुखै फोरे, ‘ह्या अजयजी अचेल म तपाईंको काउन्टर अट्याक पढ्दिनँ । पहिला कहिले आउला भनेर कुरेर बस्थेँ । अचेल त निकै बायस भएर लेख्नुहुन्छ ।’

पत्रकारिता थालेको तीन दशक भए पनि खेलकुदमा मैले कलम चलाउन थालेको २५ वर्ष भएछ । यसबीचमा खेल पत्रकार भए पनि फुटबलमा मेरो कलम अलि बढी चल्ने भएकाले उदाहरणको रूपमा फुटबलकै प्रसङ्ग सबभन्दा पहिला आयो । अरू खेलको विषयमा पनि अनुभव यस्तै हो ।

तर, फुटबलमा सक्रिय रूपमा कलम चलाउन थालेको २५ वर्षमा एन्फामा खास रूपमा तीनवटा नेतृत्व रह्यो । थापा, शेर्पा र नेम्बाङको । बीचमा कार्यबाहक अध्यक्षका रूपमा ललितकृष्ण श्रेष्ठ र निर्वाचित अध्यक्षका रूपमा नरेन्द्र श्रेष्ठले एक वर्ष एन्फाको नेतृत्व गरे पनि उनीहरूको नेतृत्व लामो समय चलेन ।

मुख्य रूपमा एन्फालाई नेतृत्व गर्ने तीन फरक समूहको सोच, कार्यशैली र पृष्ठभूमि फरक थिए । उनीहरूले फुटबल र अन्य सबै विषयमा सोच्ने तरिका पनि फरक छन् । तर आखिर उनीहरू सबै मानिस न हुन् । आलोचना कसलाई मनपर्छ र ? मानिस त प्रशंसाको भोको न हो । त्यही मानिस सत्तामा हुँदा र बाहिर हुँदा पत्रकारलाई मात्र होइन समग्र विषयलाई नै हेर्ने दृष्टिकोण कसरी फेरिँदो रहेछ भन्ने यो एउटा सानो उदाहरण मात्र हो । फुटबलमात्र नभई, खेलकुदमात्र नभई सबै पेसा, व्यवसाय र क्षेत्रमा यही हो ।

अर्को प्रसङ्ग 
हालसालै फुटबलसँग अत्यन्तै नजिक, अझ भनौं उनको व्यवसाय नै फुटबलसँग जोडिने एक युवा व्यवसायीसँग जम्काभेट भयो । ठूलै व्यावसायिक घरानासँग जोडिएर खेलकुदमार्फत उस्तै महत्त्वाकांक्षाका साथ दिनरात नेपाली फुटबलमा काम गरिरहेका ती युवा व्यवसायीको धारणा पनि सञ्चारकर्मीहरूप्रति उस्तै पाएँ ।

भेट हुनेबित्तिकै कुराकानी फुटबलबाटै सुरु भयो । देशमा लिग नभएको, एनएसएल र महिलाले फुटबलको घिडघिडो थेगिरहेका जस्ता कुराकानी भए । उनी पनि नेपाली फुटबल प्रशासनको कार्यशैलीसँग रत्तिभर सहमत छैनन् । तर कुराकानीको सुरुमै भनिहाले, ‘दाइ, डोन्ट टेक इट अदरवाइज । खासमा नेपालमा फुटबल बिगारेकै मिडियाले जस्तो लाग्छ । अलिअलि बाँकी रहेको फुटबलको लोकप्रियता पनि मिडियामा सधैं नकारात्मक समाचार हालेर तपाईंहरूले खत्तम बनाइदिनुभयो । अब त फुटबल एकादेशको कथा होला जस्तो भइसक्यो ।’

सत्ता नपाउनेले सधैं पत्रकारिताबाट भर खोज्ने अनि सत्तामा पुगेपछि आलोचना गर्ने प्रवृत्तिले एउटा पत्रकारका रूपमा ‘मेरो पत्रकारिता सही ठाउँमा रहेछ । आवाजविहीनको आवाज उठाउने र स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने मामिलामा सही बाटोमै रहेछु’ भन्ने लाग्थ्यो ।

हामी सकारात्मक वा नकारात्मक लेख्दैनौं । जे देख्यो त्यही लेख्छौं । बरु लेख्दा आलोचनात्मक चेतका साथ लेख्छौं । 

तर, फुटबलको सत्तामा कुनै पहुँच नभएको र फुटबल राम्ररी चल्दा आफ्नै व्यवसाय अझ फस्टाउन सक्ने सम्भावना रहेको व्यापारीले पनि नेपाली फुटबलको यस्तो दुरावस्था भोगिरहनाका बावजुद यसोभन्दा जवाफ फर्काउनपर्ने बाध्यता भयो । पत्रकारिताको भूमिका प्रष्ट पार्ने प्रयास गरेँ, ‘हामी सकारात्मक वा नकारात्मक लेख्दैनौं । जे देख्यो त्यही लेख्छौं । बरु लेख्दा आलोचनात्मक चेतका साथ लेख्छौं । म आज नेपाली फुटबलमा तपाईंले खोजेजस्तै सकारात्मक लेख्न चाहन्छु । मलाई देखाइदिनुस न त्यस्तो ।’ त्यसपछि उनी हो मा हो मिलाउन थाले ।

आज विश्व खेलकुद पत्रकार दिवस ! हामीजस्तो पत्रकारिता र खेलकुदप्रति गहिरो प्यासन बोकेकाहरूको दिन ! बिहान सबेरैदेखि सामाजिक सञ्जालका भित्ताहरूमा, म्यासेन्जर र ह्वाट्सएपमा अनि सोझै मोबाइल कलमा शुभकामनाहरूको ओइरो लाग्न थाल्यो । शुभकामना दिने धेरै खेलकुदकै सरोकारवाला थिए । कुनै न कुनै रूपमा हाम्रो समाचारका पात्र थिए ।

सबै शुभकामनाहरू पढिरहँदा र सुनिरहँदा, अनि धन्यवाद भनिरहँदा अचानकै यो साढे दुई दशकका थुप्रै यस्तै प्रसङ्गहरू सम्झनामा ताजा हुन थाले । त्यसमा कतिपय ज्यान मार्नेदेखि अंगभंग गराइदिने सम्मका धम्की पनि हुन्थे । तर, आज हाम्रो दिन ! त्यस्ता आवेगप्रेरित घटनाभन्दा पनि यी दुई प्रसङ्गले धेरै रोमाञ्चित बनायो । किनकि यी अरू धेरै घटनाहरूको पनि प्रतिनिधि बन्न सक्ने खालका छन् । अनि लाग्यो, यो हामी के गरिरहेका छौं ? भित्री मनले यसमाथि दिएको उत्तरलाई ब्लगको रूपमा लिपिबद्ध गर्दै खेल पत्रकारिता दिवसको अवसरमा सहकर्मी साथीहरूलाई शुभकामना दिन मन लाग्यो ।

आफ्ना सबैखाले इच्छा आकांक्षा खुम्च्याउँदै ज्यानसमेत दाउमा राखेर एउटा बलियो प्यासनका लागि सबैखाले जोखिम खुसीका साथ मोलेर कर्ममा तल्लीन हुने पत्रकारलाई जस दिनेमा त्यही समाज निकै कञ्जुस बन्छ ।

पत्रकारिता पेसामा लाग्नेले दैनिक जनजीवनका थुप्रै कुरामा धेरै सम्झौता गर्नुपर्छ । यो पेसाको आर्थिक पाटो टिठलाग्दो छ । समाजले राख्ने अपेक्षा ठूलो हुन्छ, तर आफ्ना सबैखाले इच्छा आकांक्षा खुम्च्याउँदै ज्यानसमेत दाउमा राखेर एउटा बलियो प्यासनका लागि सबैखाले जोखिम खुसीका साथ मोलेर कर्ममा तल्लीन हुने पत्रकारलाई जस दिनेमा त्यही समाज निकै कञ्जुस बन्छ । जसको कुरा टाढा भयो, आफ्नै स्वार्थको घेराभित्र सीमित समाज बरू सञ्चारकर्मीका खोट खोज्न बढी ठसठसिन्छ ।

यसो भनेर पत्रकारिता पेसाको तेजोबध गर्न खोजिएको होइन । पेसाप्रति वितृष्णा जगाउने उद्देश्य पनि होइन । कमजोरी कुन पेसामा छैन र ? गुनासो नभएको संसारमा के नै छ र ? अनि गुनासाहरू हुने आफ्नैसँग त हो ? कमजोरी देखिने र खोजिने पनि उसको हो, जोमाथि भित्री मनले भर गरेको हुन्छ ।

हो, पत्रकारिता पनि त्यही हो । समाजले सबैभन्दा बढी भर गरेको र आफ्नो ठानेको पेसाका गौरवशाली पेशाकर्मी हुन्, पत्रकार । समाज, राष्ट्र र समग्र मानव जातिको आशा र विश्वासलाई आफ्ना व्यक्तिगत र पारिवारिक यथार्थले गलाइसकेका काँधमा बोकेर विना गुनासो हाँसीहाँसी हिँड्ने बहादुर पेसाकर्मीको नाम हो पत्रकार ।

आफ्नै समस्याबाट थिचिनाका बावजुद ‘समाज, राष्ट्र र मानव सभ्यताको हितको झन ठूलो भारीबाट थिचिने प्यासनमा इमान्दार भएँ’ भन्ने आत्मसन्तुष्टि पत्रकारले पाउने सबैभन्दा ठूलो पुरस्कार हो ।

आफ्नै समस्याबाट थिचिनाका बावजुद ‘समाज, राष्ट्र र मानव सभ्यताको हितको झन ठूलो भारीबाट थिचिने प्यासनमा इमान्दार भएँ’ भन्ने आत्मसन्तुष्टि पत्रकारले पाउने सबैभन्दा ठूलो पुरस्कार हो । सँगै पत्रकारले तमाम विषयमा गरेको सम्झौताको फलस्वरूप आममानिसको तुलनामा विशेष एक्सपोजर पाउँछ । प्रिभिलेज भनिनेहरूको तुलनामा पत्रकारको पहुँच विशेष रहने गर्छ ।

कमजोरी नभएको कुनै पेसा र व्यक्ति हुँदैन । पत्रकारितामा पनि त्यही एक्सपोजर र पहुँचको गलत फाइदा उठाउनेहरू नभएका होइनन् । तिनको कारण पत्रकारिता पेसा पनि बेलाबखत चुक्ने गर्छ ।

पत्रकारितामा तीन दशक बिताउने क्रममा मैले पनि यो पेसाको सबैखाले पक्ष अनुभूत गरेको छु । गल्ती र कमजोरीले मन गलाउनुपर्ने क्षण भोग्नुपरेको छैन । बरू गौरवानुभूतिकै क्षण धेरै छन् । बाँकी करियर पनि यसैगरी वा आफ्ना जिम्मेवारीहरूप्रति अझ बढी उत्तरदायी भएर पत्रकारिताका मुल्य मान्यतामा एक रत्ति पनि सम्झौता नगरि काम गर्ने प्रतिबद्धता छ । किनकी हामी यो पेशामा असारे भेल छोप्न तम्सिएका अवसरवादी होइनौं । नेपाली खेलकुद र खेलाडीको हकमा हामी त चैत मासको खडेरीमा रातको सित जम्मा पारेर पनि विरुवा जोगाइराख्ने किसानजस्ता पो हौं त ।

यस्तै प्रतिबद्धता सबै खेल पत्रकारलाई मिलोस ! हामीमध्ये कोही एकको गलत कामले गर्दा सम्पूर्ण पेसा बदनाम हुने र पत्रकारले आफूलाई पत्रकार भन्न लजाउनुपर्ने अवस्था नआओस् !

हामी सबैलाई विश्व खेलकुद पत्रकारिता दिवस (जुलाई २) को शुभकामना !


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll