काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब नवौं पिएम कप एनभिए भलिबल लिगमा पुरुषतर्फ च्याम्पियन बनेकाे छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघविरुद्ध ३-२ सेटको रोमाञ्चक जित दर्ता गर्यो ।
सुरुआती दुई सेट २०-२५, २५-२७ ले गुमाएको हेल्प नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-२२, २५-१५, १५-८ ले आफ्नो पार्यो । हेल्प नेपालकाे याे लगातार तेस्रो तथा समग्रमा पाँचौं उपाधि हो ।
यसैगरी महिलातर्फको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २५-२०, २२-२५, २८-२६, २५-१४ ले पराजित गर्यो ।
यता महिलातर्फ एभरेस्ट भलिबल क्लबले नेपाल एपिएफ क्लब तथा पुरुषतर्फ पुलिसले त्रिभुवन आर्मी क्लबलाई समान ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गरे ।
दुवैतर्फका शीर्ष तीनले ८ लाख, ४ लाख र २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभािगता थियो ।