असार १७, २०८२ मंगलबार | ०९:३५:४२
आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने फुटबलर दीपा शाहीसहित १९ जना खेलकर्मी सम्मानित सोमपाल कामी कर्णाली याक्सकै जर्सीमा देखिने विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर बेलायतमा भुपेन्द्र र सुदेनलाई पदक अजहर महमुदलाई पाकिस्तानी टेस्ट टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी

एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । एपिएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।

एपिएफले २५-१९, २५-२०, २५-१३ को सहज जित निकाल्यो । एपिएफले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले ३ लाख रुपैयाँमा पायो ।

यस्तै न्यु डायमन्ड स्पोर्टस क्लबले तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई २५-८,२५-१९,२५-११ को सेटमा हरायो । तेस्रो बनेको न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो ।

एपिएफकी निरुता ठगुन्ना, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, एपिएफकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र एपिएफका पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । सबैले जनही २० हजार रुपैयाँ पाए ।

विजेता खेलाडीलाई प्रमुख अतिथी शक्तिबहादुर बस्नेत, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरू अन्जन धमला, सम्राट कुसारीलगायतले पुरस्कृत गरेका थिए ।

नेसनल स्पोर्टस एकेडमीको आयोजनामा सम्पन्न प्रतियोगितामा टिम सहभागी थिए । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3