श्रावण १, २०८२ बुधबार | ०५:०८:१२
राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक

श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी

काठमाडौं । श्री भगवती क्लबविरुद्ध ६–० को फराकिलो जित हासिल गर्दै मछिन्द्र क्लब एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रलाई जित दिलाउन विकास थापाले ह्याट्रिक गरे । त्यस्तै राहुल कुमार योञ्जनले दुई तथा करण धामीले एक गोल गरे ।

मछिन्द्रले दुबै हाफमा समान तीन गोल गरेको हो । जितसँगै मछिन्द्र पाँच खेलमा १३ अंक जोड्दै हालका लागि शीर्ष स्थानमा उक्लियो । एक खेल कम खेलेको नेपाल पुलिस क्लब १२ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

श्री भगवतीको यो लगातार तेस्रो हार हो । पाँच खेलमा मात्र तीन अंक जोडेको श्री भगवती नवौं स्थानमा छ ।

जावलाखेल र एनआरटीले अंक बाँडे

दिनको तेस्रो खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा न्युरोड टिम (एनआरटी)ले जावलाखेल युवा क्लबसँग बराबरीमा चित्त बुझायो । निर्धारित ९० मिनेटसम्म १–० को अग्रता लिइरहेको एनआरटीले इन्जुरी समयमा गोल खाएको हो ।

एनआरटीका लागि सुगम रानाले खेलको ५१औं मिनेटमा अग्रता दिलाएका थिए । जावलाखेलका लागि विविधा राज राईले गोल गरे ।

बराबरीसँगै पाँच खेलमा सात अंक जोडेको जावलाखेलले शीर्ष स्थानका दुई टोली पुलिस र मछिन्द्रसँग अंक दूरी घटाउने अवसर गुमायो । हाल जावलाखेल सातौं स्थानमा छ । एनआरटीको यो लगातार दोस्रो बराबरी हो । यसअघि एनआरटीले हिमालयन शेर्पासँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो । समान खेलमा एनआरटी पाँच अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।

दिनको पहिलो खेलमा संकटा क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबलाई ६–१ ले हरायो । जितसँगै संकटा चार खेलमा ९ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको एपिएफ १२औं स्थानमा झर्यो ।

लिगमा बुधबार पाँचौं चरणका तीन खेल हुनेछन् । पहिलो खेलमा सातदोबाटो युवा क्लबले चर्च ब्वाइजको सामना गर्नेछ । खेल बिहान १० बजे हुनेछ । त्यस्तै दिउँसो १ बजे हुने दोस्रो खेलमा शेर्पाले फ्रेन्ड्स क्लबसँग खेल्नेछ ।

दिनको तेस्रो खेलमा शीर्ष दुई टोली मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ४ बजे हुनेछ ।
 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH