मंसिर ६, २०८१ बिहीबार | १३:२२:२०
भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालावन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी एनआरटीले सातदोबाटोलाई हरायो
शनिबारको दिन नेपाली फुटबल

फुटबल प्यासन जोगाउन ‘चियाघर दाङ’

दाङ । नेपालमा ‘केही गरेर बस्ने’ सोच पालेका धेरैजसो युवा अन्ततः पलायनको बाटोमा नै पुग्न विवश हुन्छन् । किनकि नेपालमा युवालाई उद्यममा प्रोत्साहन गर्ने न राज्यको नीति छ, न त प्रशासनको पहल, न अन्य क्षेत्रको सहयोग वा लगानी नै ।

दाङमा ‘चिया घर’को स्थापना गरेपछि अनुभव, नेपालको फुटबलमा देखेको सपना र संघर्षले मलाई जुन निष्कर्षमा पुर्याउँदै छ, त्यो आमयुवाको हालत र मनोदशाकै प्रतिबिम्ब हो भन्ने लाग्छ ।

किशोरावस्थाको फुटबल सपना ‘चियाघर’को उद्यमले पूरा गर्न सक्दैनथ्यो । तर आफूले देखेको सपना भाइभतिजा पुस्तामा सार्दै तिनको बाटो सहज बनाउने अर्को संकल्पचाहिँ यसले दिन सक्थ्यो । दियो । फलस्वरुप किशोरावस्थाको सपना र पछि लिएको संकल्प पछ्याउँदै संस्थागत रूपमै केही गर्ने प्रयासमा भने ठक्कर र हण्डर सामान्य र स्वाभाविक मानिँदोरहेछ ।

कुनै पनि खेललाई अगाडि बढाउने हो भने सबैभन्दा पहिला खेलाडी उत्पादन र भएका खेलाडीलाई निखार्ने काम महत्त्वपूर्ण हुन्छ । भएका खेलाडी प्रवद्र्धनमा विद्यमान संरचना (क्लब, जिल्ला र प्रदेश तथा स्वयं एन्फा)बाट जसोतसो लागिरहेका बेला नयाँ खेलाडी उत्पादनको आवश्यकता टड्कारो थियो । 

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभित्र यो खेलको विकास र विस्तारमा संस्थागत रूपमै नेतृत्व गर्नुपर्थ्यो । आफैंले रचनात्मक कार्यक्रम ल्याएर नेपाली फुटबललाई गतिशील बनाउँदै उत्प्रेरित गर्नुपर्थ्यो । देशका कुनाकाप्चासम्म यो खेलमा लाग्न नयाँ पुस्तालाई उर्जा दिन सक्नुपर्थ्यो । फुटबल अति नै लोकप्रिय रहेको देशमा गजबको संस्कार बसाल्न सक्नुपर्थ्यो ।

एन्फाको त्यही जिम्मेवारी बुझेको म पनि आफ्नै किशोरकालको सपना पूरा गर्न नयाँ संकल्पसहित एन्फाबाटै संस्थागत सुधारको अभियानमा जोडिन खोजेको थिएँ । नेपालको फुटबललाई विश्वस्तरमा पुर्याउन संस्थागत रूपमै योगदान गर्ने चाहना थियो । तर, यो एउटा कल्पनामात्र रहेछ । व्यवहार त नेपालमा यस्तो सोचाइ मात्र पनि मूर्खतामा गनिँदो रहेछ । किनकि यसबीचमा मैले नेपाली फुटबल र खासगरी फुटबल प्रशासनमा देखेका र भोगेका दृश्य निकै भयानक छन् ।

कुनै पनि खेललाई अगाडि बढाउने हो भने सबैभन्दा पहिला खेलाडी उत्पादन र भएका खेलाडीलाई निखार्ने काम महत्त्वपूर्ण हुन्छ । भएका खेलाडी प्रवद्र्धनमा विद्यमान संरचना (क्लब, जिल्ला र प्रदेश तथा स्वयं एन्फा)बाट जसोतसो लागिरहेका बेला नयाँ खेलाडी उत्पादनको आवश्यकता टड्कारो थियो । जुन अहिले झनै बढेर गएको छ ।

‘लुम्बिनी फुटबल एकेडेमी’ त्यही आवश्यकता सम्बोधन गर्न निजी प्रयासमा थालिएको एउटा अभियान थियो । तर, यो अभियानले फुटबलका आधिकारिक निकायबाट भोग्नुपरेको असहयोगको कथा भयानक छ । यति भयानक कि त्यसले ‘नियतवश सिर्जना गरिएका त्यस्ता समस्यासँग जुध्दै अझै प्रयास जारी राख्ने कि देशै छाडेर भाग्ने’ सम्मको मनोदशाको सिकार बनाइसकेको छ ।

ग्रासरुटदेखि माथिसम्मै समस्यामात्र थियो । समाधानका सजिला उपायहरू थुप्रै देखिन्थे । तर एन्फाभित्रको फोहोरी राजनीतिले सहज समाधानलाई पनि जटिल समस्याका रूपमा प्रस्तुत गरिरहँदा आफैंलाई निकै निम्छरो रूपमा पाउँथें । अनि त्यो राजनीतिका खेलाडीमा सकुनी, कंश र अरू यस्तै पौराणिक खलनायकहरू देख्थें ।

नेपालमै बसेर खेलकुद क्षेत्रको सुधार गर्ने अभियान एउटा मूर्खतापूर्ण कदमका रूपमा प्रमाणित गरिन खोजिँदै छ । समउमेरका अधिकांश युवा विदेशमा रुमल्लिरहेका छन् । देशमै भएका युवाहरू विदेसिन यति धेरै व्यग्र देखिन्छन् भन्ने कुराको व्यवहारिक उत्तर यही एउटा एकेडेमी र लुम्बिनीबाट नेपाली फुटबलमा केही सकारात्मक योगदान गर्ने अभियानले भोगाएका अनुभवले व्यवहारिक रूपमै दिइरहेका छन् ।  

किन गरें चियापसल ? आर्थिक रूपमा सामान्य परिवारमा जन्मिएको एउटा किशोरका लागि खेलकुदमा सबथोक सोचेजस्तो नहुँदोरहेछ । खासमा फुटबल खेलेरै स्थापित हुन सक्ने अवस्था नभएपछि परिस्थिति थप प्रतिकूल हुन्छ । त्यस्ता युवाले न यो खेल चटक्कै छाड्न सक्छ न त यसमा लागिरहन ।

मेरो अवस्था पनि त्यस्तै निरीह थियो । फुटबललाई मीराप्रेम गरेर जीवन चलाउन चाहिँ अर्थोपार्जन मेरो बाध्यता बनेको थियो । त्यसैको फल थियो, २२ वर्षको उमेरमा मैले खोलेको ‘चियाघर दाङ’ ।

जीवनको बाध्यताले खुलाएको चिया पसल विस्तारै साथीभाइको गफिने थलो बन्यो । नयाँ सोचका साथ सुरु गरेको चिया पसलको वातावरण, आतिथ्य र माटोको भाँडोमा चिया दिनेजस्ता रचनात्मक शैलीले कहिलेकाहीँ भीड थेग्नै हम्मे हुन थाल्यो । आम्दानी पनि सोचेभन्दा निकै राम्रो थियो ।

यसको पनि कारण छ । फुटबलमा जम्न नसकेपछि रोजिएको विकल्प थियो त्यो । फुटबलमा फरक तरिकाले लाग्नका लागि सहयोगी थियो त्यो चिया पसल । यसकै आम्दानीको बलमा त एकेडेमी सञ्चालन गर्ने, सोझै फुटबल प्रशासनमा गएर काम गर्ने आधार बनेको थियो । अनि फुटबलले जसरी युवालाई देशभित्र रोक्न सकिरहेको छैन, उसैगरी अरू सबै पेसा र व्यवसाय पनि युवाशक्ति संरक्षणको माध्यम बन्न सकिरहेको छैन । यसकारण चिया पसलको चर्चा यहाँ सान्दर्भिक हुन सक्छ ।  

चिया पसलले राम्रै आम्दानी दिइरहे पनि खासमा मेरो ‘प्यासन’ यो व्यवसायमा थिएन । मेरो लगाब त फुटबल थियो । चिया पसल सञ्चालनसँगै नेपाली फुटबलका हरेक क्रियाकलापबारे चासो गहिरो थियो । क्लब, जिल्ला संघ, प्रदेश संघ, एन्फा, खेलाडी, प्रशिक्षक र फुटबलसम्बन्धी सबै पक्षको अध्ययन गरिरहेको थिएँ ।

नेपाली फुटबलमा केही गर्ने, युवापुस्तालाई थप निराश हुनबाट जोगाउने अनि नयाँ पुस्तामाझ प्रेरणाको सञ्चार गराउने अभियानस्वरुप एक वर्षअघि मैले एकेडेमी सञ्चालनमा ल्याएको हो । यसकारण यहाँ मेरो र मेरो व्यवसायको चर्चा आवश्यक ठानिएको हो । किनकि मेरो फुटबल मन र मेरो व्यवसायले दिएको आर्थिक आधारका कारण लुम्बिनी फुटबल एकेडेमी स्थापना सम्भव भएको हो ।

ग्रासरुटदेखि माथिसम्मै समस्यामात्र थियो । समाधानका सजिला उपायहरू थुप्रै देखिन्थे । तर एन्फाभित्रको फोहोरी राजनीतिले सहज समाधानलाई पनि जटिल समस्याका रूपमा प्रस्तुत गरिरहँदा आफैंलाई निकै निम्छरो रूपमा पाउँथें । अनि त्यो राजनीतिका खेलाडीमा सकुनी, कंश र अरू यस्तै पौराणिक खलनायकहरू देख्थें ।

फुटबल राजनीतिका खलपात्रहरूले समस्याका जति जटिल र ‘क्लिस्ट’ चित्र प्रस्तुत गरिरहे पनि इमान्दार प्रयासले सहजै समाधान निकाल्छ भन्ने विश्वास थियो । फोहोर पोखरी सफा गर्न आफू पहिला त्यहाँ जानुपर्छ भन्ने मान्यताअनुरुप फुटबल सफाइको अभियान मैले दाङ जिल्ला संघमा आबद्ध भएर सुरु गरें ।

अहिले म लुम्बिनी प्रदेश फुटबल संघको सह-महासचिवको जिम्मेवारीमा छु । यहाँ आइपुगेपछि मेरो सोचाइ धेरै परिवर्तन भएको छ । तर आत्मविश्वास घटेको छ । बाहिर हुँदा जटिल समस्या देखाइएका थिए । आफूले चाहिँ सहज समाधान देखेको थिएँ । भित्र आएपछि ती समस्यालाई कृत्रिम रूपमा थप जटिल बनाइँदोरहेछ । समाधानका प्रत्येक प्रयासमा तगारो हालिँदोरहेछ । ठाउँमा पुग्न पाए गरेर देखाउँछु भन्ने अठोटलाई निरुत्साहित गरिँदोरहेछ । त्यसैले अचेल लाग्न थालेको छ, ‘एक/ दुईजना इमान्दार भएर गर्न केही नसकिँदोरहेछ । सकारात्मक सुधारका लागि खलपात्रहरूमाथि हाबी हुन सक्ने गरी इमान्दारको संख्या पनि चाँहिदोरहेछ ।’

राजनीतिक खेलाडीका स्वार्थले लामो समयदेखि गिजोलिएको फुटबलमा त्यसको प्रशासनिक पिरामिडभित्रबाट धेरै समाधान निकाल्न सम्भव रहेन । यसकारण यो सुन्दर खेलका लागि अब आफैं व्यक्तिगत प्रयासमै भए पनि केही नगर्ने हो भने मैले जस्तै समस्या भावी पुस्ताले भोग्नुपर्नेछ । अब केही नगरे देशभित्रै राम्रो काम पनि हुन सक्छ भन्ने उदाहरण र प्रेरणा स्थापित गर्न सकिन्न ।

नेपाली फुटबलमा केही गर्ने, युवापुस्तालाई थप निराश हुनबाट जोगाउने अनि नयाँ पुस्तामाझ प्रेरणाको सञ्चार गराउने अभियानस्वरुप एक वर्षअघि मैले एकेडेमी सञ्चालनमा ल्याएको हो । यसकारण यहाँ मेरो र मेरो व्यवसायको चर्चा आवश्यक ठानिएको हो । किनकि मेरो फुटबल मन र मेरो व्यवसायले दिएको आर्थिक आधारका कारण लुम्बिनी फुटबल एकेडेमी स्थापना सम्भव भएको हो ।

अब चर्चा गरौं, लुम्बिनी फुटबल एकेडेमीको सम्पूर्ण रूपमा निजी क्षेत्रबाट सुरु गरिएको आवासीय सुविधासहित यो देशकै पहिलो र एकमात्र फुटबल एकेडेमी हो भन्ने मेरो दाबी छ । देशमा अरू पनि एकेडेमी नभएका होइनन् । कुनै एन्फा आफैंले चलाएको छ त कुनै क्लबले । अनि कुनैमा आवासीय सुविधा छैन भने कुनैमा व्यावसायिक सोच छैन । व्यक्तिगत रूपमा म आफैंले सञ्चालन गरेको एकेडेमीमा अहिले देशका विभिन्न भूगोलबाट आएका २५ बालकले प्रशिक्षण लिइरहेका छन् ।

निजी प्रयासबाटै स्थापना गरिए पनि एकेडेमीको उद्देश्य नेपाली फुटबलको समग्र विकासमा योगदान गर्ने मात्र हो । तथापि एकेडेमीले अहिलेसम्म फुटबल संघ वा कुनै पनि तहका सरकारबाट आर्थिक सहयोग लिएको छैन ।

एकेडेमीका सबै बालकलाई दाङकै घोराहीस्थित नेपाल पुलिस स्कुलमा अध्ययनको व्यवस्था गरिएको छ । आर्थिक अवस्था कमजोर हुनाका बावजुद फुटबलप्रति चर्को लगाब र प्राविधिक रूपमा पनि राम्रा ६ बालकलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ । यसरी पूर्ण छात्रवृत्तिमा रहनेमध्ये दुई जना महोत्तरीका मुसहर समुदायका छन् भने दुई जना कैलालीका दलित समुदायका छन् । यसैगरी एकजना भौगोलिक रूपमा निकै विकट हुम्लाका तथा एकजना आर्थिक अवस्था कमजोर भएका दाङकै बालक हुन् ।

एकेडेमीले दाङमै तीन बिगाह निजी जग्गा भाडामा लिएर आफ्नै फुटबल मैदान तयार गरिरहेको छ । २५ खेलाडी अटाउने एउटा घर भाडामा लिएर आफ्नै होस्टल सञ्चालन गरिरहेको छ । लुम्बिनी प्रदेशको निजी एकेडेमीमा कोशी प्रदेशको धनकुटादेखि सुदूरपश्चिम प्रदेशको कैलालीसम्मका बालक भविष्यमा राष्ट्रिय/ अन्तर्राष्ट्रिय स्तरमा खेल्न योग्य हुने ठूलो सपनासहित दैनिक प्रशिक्षणमा घोटिइरहेका छन् ।

निजी प्रयासबाटै स्थापना गरिए पनि एकेडेमीको उद्देश्य नेपाली फुटबलको समग्र विकासमा योगदान गर्ने मात्र हो । तथापि एकेडेमीले अहिलेसम्म फुटबल संघ वा कुनै पनि तहका सरकारबाट आर्थिक सहयोग लिएको छैन ।

नेपाली फुटबलको किन गुणात्मक विकास हुन सकेको छैन ? जति खेले पनि खेलाडीको स्तरोन्नति किन देखिने गरेर हुन सकेको छैन ? अन्तर्राष्ट्रिय स्तरमा किन हामी सधैं सान्त्वना जित र गोलमै रमाइरहनुपर्ने स्थिति निरन्तर छ ?

खासमा यो एकेडेमी यस्तै प्रश्नको व्यवहारिक उत्तर दिने प्रयास पनि हो । नेपाली फुटबलमा सधैं आधारहस्न ठूल्ठुला सपना बाँड्ने काम मात्र भए, स्थानीय स्तरबाट कसैले पनि संगठित प्रयास गर्दै गरेन । नेपाली फुटबलको खास समस्या यही हो । तर यो सत्य मुखले मात्र सुनाउँदा प्रभावकारी हुने भएन । नभएका, नगरिएका, हुन नसकेका, गर्न नसकिएका र गर्ने चाहना नराखिएका यस्तै काम गरेपछि मात्र सत्य बोल्ने नैतिक धरातल प्राप्त हुन्छ ।

सायद यही एकेडेमी सञ्चालन सुरु गरेपछि यो नैतिक बल मलाई प्राप्त भएको छ । एकेडेमी चलाउने निजी प्रयास कति सफल हुन्छ, त्यो भविष्यले देखाउला । तर एकल प्रयासमा यसको सुरुआत गरेर पनि मैले एउटा सन्देश चाहिँ दिन खोजेको छु ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको कार्यसमितिले यही खेलको विकासको काममा सिन्को नभाँची दुई वर्ष पूरा गरेको केही दिनभित्रै सार्वजनिक गरिएको यो भावनाले समग्रमा फुटबललाई माया गर्नुका साथै आर्थिक रूपमा पनि केही गर्न सक्ने क्षमता भएका आम नेपालीसँगै सबै संघसंस्था र स्वयं एन्फाका साथै त्यसअन्तर्गतका तमाम निकायमा पनि प्रेरणा प्राप्त होस । 

पक्कै पनि एकल प्रयासमा चलेका कारण आर्थिक कठिनाइ बयान गरिनसक्नु छन् । कतिपय संघसंस्था र साथीभाइबाट सहयोग प्राप्त नभइसके पनि आश्वासन आइरहेकै छन् । तर मेरो चाहना कसैको चन्दा वा सहयोगभन्दा पनि लगानी भित्रियोस भन्ने हो । चन्दा र सहयोगमा दाताको भावनामात्र हुन्छ । लगानी भयो भने लगानीकर्ताको प्रतिबद्धता पनि भित्रिन्छ र त्यसले सामूहिक प्रयासमा नेपाली फुटबलमा ठूलो योगदान गर्न सकिन्छ भन्ने लाग्छ ।

कम्तीमा फुटबल खेलेर आफै स्टार हुने, देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने सपना भएर पनि त्यसमा सफल हुन नसकेका हामी जस्ताले आफ्नो सपना हामीजस्तै परिस्थितिका नयाँ पुस्ताबाट पूरा भएको सुन्दर दृश्य हेर्न पनि यो सुन्दर खेलमा ग्रासरुटबाटै लगानी गर्नुपर्छ । देशका प्रत्येक भूभागमा यस्ता एकेडेमी सञ्चालन गरिनुपर्छ । त्यहाँबाट वर्षेनि हजारौं खेलाडी उत्पादन गरेर राष्ट्रिय स्तरमा ल्याउन सक्यो भने नेपाली फुटबलको सुन्दर भविष्यमाथि शंका गर्नुपर्दैन ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको कार्यसमितिले यही खेलको विकासको काममा सिन्को नभाँची दुई वर्ष पूरा गरेको केही दिनभित्रै सार्वजनिक गरिएको यो भावनाले समग्रमा फुटबललाई माया गर्नुका साथै आर्थिक रूपमा पनि केही गर्न सक्ने क्षमता भएका आम नेपालीसँगै सबै संघसंस्था र स्वयं एन्फाका साथै त्यसअन्तर्गतका तमाम निकायमा पनि प्रेरणा प्राप्त होस । 

-लेखक समिर ओली लुम्बिनी फुटबल प्रशिक्षक केन्द्रका अध्यक्ष हुन् ।