चैत्र ९, २०८२ सोमबार | १९:२९:१६
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

लुम्बिनी कप तोकिएकै समयमा हुन्छः भोजराज शाही

नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको पहिलो संस्करण बैशाख ५ देखि १५ सम्म नेपालगञ्जमा हुँदैछ । 

प्रतियोगितालाइ भव्यताका साथ सम्पन्न गर्न गठन गरिएका विभिन्न उपसमितिहरूले पनि अहिले आप्नो कामलाई तिव्रता दिएका छन् । हाल नेपालगञ्ज रंगशालाको रंगरोगन, प्याराफिटको सरसफाई, खेल मैदानमा पानी चहार्ने, अनावश्यक घाँसको काँटछाँटको काम चलिरहेको छ । यसका साथै प्रतियोगितामा सहभगिता जनाउने टिमको व्यवस्थापनलगायतको महत्वपूर्ण काम पनि जोडतोडका साथ भइरहेको छ । 

अन्तरालकाे आयोजनामा हुने लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्ला फुटबल संघले सहकार्य गरेको छ । संघका जिल्ला अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीसँग प्रतियोगिता तयारीकै सन्दर्भमा सावित्री गिरीले गरेको कुराकानीः

नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई कसरी लिनुभएको छ ?
निश्चय पनि नेपालमा महिला फुटबल प्रतियोगिता एकदमै कम हुने गरेका छन् । लामो समयको अन्तरालपछि नेपालगञ्जमा हुन लागेको ठूलोस्तरको यो प्रतियोगिताले राम्रै प्रतिफल दिन्छ जस्तो लागेको छ । साथै, यो प्रतियोगिता महिला फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास पनि लिएको छु ।  

यो प्रतियोगिताले महिला फुटबल विकासको संभावनाहरू बारे बताइदिनुस् न । 

यो प्रतियोगिताले महिला फुटबलप्रति यस क्षेत्रका खेलाडीको रुची बढाउन पक्कै सघाउ पुर्याउछ । प्रतियोगितापछि स्थानीय तहमा महिला खेलाडीको सहभागिता बढ्ने सम्भावना पनि देखिन्छ । 

प्रतियोगितामा टिम सहभागिताको अवस्था कस्तो छ ?

यो प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ । विभागीय टिमका साथै भारतका दुई टिमसँग हाम्रो कुराकानी भइरहेको छ । बाँके जिल्ला आयोजक भएकाले यहाँकाे एउटा  र बाँकी अन्य टिमको सहभागिता रहने छ । सबै टिमको नाम हामी एक/दुई दिनमा सार्वजनिक गर्नेछौं ।

प्रतियोगिता तयारीका क्रममा कस्ता चुनौती आएका छन् ?

चुनौतीहरु छन्। तर, हामी आशावादी छौ । हामी अहिले तयारीको अन्तिम अवस्थामा छौं । अब पछाडी फर्कने बाटो हामीसँग छैन । प्रतियोगिता गराएरै छाड्नेमा हामी दृढ संकल्पिक छौ । यही अठोटका साथ चुनौतीलाई चिर्दै हामी अघि बढिरहेका छौं । 

अन्त्यमा, लुम्बिनीकप जस्ता इभेन्टहरु कहिले काँही मात्र हुने गर्छन् । सगग्रमा भन्नुपर्दा फुटबलको विकासमा  तपाईँको भूमिका कसरी अघि बढिरहेको छ ?

यो एकदम मननयोग्य छ । फुटबल खेलमा सहभागिता र चासोका लागि हामीले तयारी गरिसकेको अवस्था छ । लुम्बिनी कप सकिने वित्तिकै हामी नेपालगन्जमै महिला खेलाडीहरुलाई लक्षित गरेर प्रशिक्षण चलाउछौं । महिला खेलाडीमा निरु थापा र पुजा राना जस्ता खेलाडीहरु अबका दिनमा पनि हामी जन्माउने छौ । खेलाडीको खडेरी हुन दिइने छैन । फुटबल क्षेत्रका विविध समस्यालाई चिरेर अगाडि बढ्दै जाने मेरो योजना रहेको छ । बाँके जिल्लामा स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यमा मलगायत मेरो टिम अघि बढिरहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो