श्रावण १, २०८२ बुधबार | ०३:२६:२३
राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक

श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक

साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध गोल गरेपछि सनेपाली स्ट्राइकर मीना देउवा, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । स्ट्राइकर मीना देउवाको ह्याट्रिकप्रेरित दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध ७-० को फराकिलो जित हासिल गरेको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिनाको अभ्यास मैदानमा सम्पन्न खेलमा नेपालका लागि मीनाबाहेक पूर्णिमा राई र समीक्षा मगर र सरीता नाथले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाए । पूर्णिमाको नाममा दुई गोल रह्यो ।

पहिलो हाफमा पाँच गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गरेको हो ।

आठौं मिनेटमा मीनाको सुन्दर गोलमा नेपालले सुरुआती अग्रता लियो । मिडफिल्डर सुशिला केसीको पासलाई सदुपयोग गरेकी मीनाले विपक्षी खेलाडी चसीला उडागेडाराई ड्रिबल गर्दै ‘राइट फुटेड’ प्रहार गरेकी थिइन् । पेनाल्टी बक्सभन्दा थोरै परबाट मीनाले लिएको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

पाँच मिनेटपछि सेन्ट्रल मिडफिल्डर समीक्षाको लेफ्ट फुटेड प्रहारमा श्रीलंकन गोलकिपर थारुसिका ‘बिट’ भइन् । अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउँदै स्ट्राइकर पूर्णिमा राई प्रहारका लागि तयार भएकै बेला पछाडिबाट ‘रन’ बनाएकी समीक्षाले गोलको प्रयास गरिन् । जसमा उनी सफल भइन् ।

खेलको ४२औं मिनेटमा मीनाले खेलको तेस्रो गोल गरिन् । सेन्टर ब्याक माया मास्केको प्रहार गोलकिपर थारुसिकाले बचाएकी थिइन् । प्राप्त रिबाउन्डमा मीनो बललाई पोस्टको दिशा दिएकी हुन् ।

पहिलो हाफको इन्जुरी समयमा पूर्णिमाले लगालग दुई गोल गरिन् । दुबै गोल समीक्षा (राई)को सुन्दर थ्रु पासमा सम्भव भएको हो । पूर्णिमाले लगातार ‘वान भर्सेस वान’मा थारुसिकालाई ‘बिट’ गरेकी थिइन् ।

दोस्रो हाफमा नेपालले गोलका लागि २५ मिनेट कुर्नुपर्यो । ७०औं मिनेटमा वर्षा ओलीको कटब्याकमा मीनाले आफ्नो ह्याट्रिक पूरा गरिन् । वर्षाको कटब्याकलाई विपक्षी रक्षक गगानी सेल्लाप्पेरुमेगले क्लियर गर्न नसक्दा मीनाले त्यसको फाइदा उठाइन् ।

इन्जुरी समयमा नेपालले सेटपीसको फाइदा उठाउँदै सातौं गोल गर्यो । सेन्टर ब्याक सरीता नाथले करिब २५ यार्ड परबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो । यसअघि विपक्षी खेलाडी दुलिनी अराककिलेगेबाट मीना फउल भएपछि नेपालले फ्रिकिक अवसर प्राप्त गरेको थियो ।

साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध गोल गरेपछि सहकर्मी सुक्रिया मियासँग खुसी साट्दै नेपाली स्ट्राइकर पूर्णिमा राई, तस्वीर सौजन्यः एन्फा ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले श्रीलंकाविरुद्ध नियमित कप्तान तथा सेन्ट्रल मिडफिल्डर विर्सना चौधरी, अट्याकिङ मिडफिल्डर सेनु परियार र गोलकिपर सुजता तामाङलाई आराम दिएका थिए । गुरुङले विर्सनाको स्थानमा समीक्षा मगर र सेनुको स्थानमा वर्षा ओलीलाई पहिलो रोजाईमा उतारेका थिए । पहिलो पटक पहिलो रोजाईमा मौका पाएकी समीक्षाले दुई गोलमा असिस्ट पनि दिइन् । सुजतालाई प्रतिस्थापन गरेकी लिला जोशीले पनि ‘क्लिन सीट’ राख्न सफल भइन् ।

यसैगरी नियमित सेन्टर ब्याक सिम्रन राईले अघिल्लो खेलमा रातो कार्ड पाउँदा उनको अनुपस्थितिमा सरीताले पहिलो रोजाईमा मौका पाएकी हुन् । सरीताले पछिल्ला दुई खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी थिइन् ।

मंगलबारको खेल निश्चित स्थान बसुन्धरा किङ्स अरिना रंगशालामा साँझ ६ः४५ बजे हुने तालिका थियो । तर, अविरल वर्षाका कारण मैदान हिलाम्मे भएका कारण खेल रंगशालाको अभ्यास मैदानमा सारिएको थियो । यसअघि भुटान र बंगलादेशबीचको खेल तीन घण्टा रोकिँदा नेपाल र श्रीलंकाबीचको खेल राति डेढ घण्टा पर धकेलिएको हो ।

जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ । दिनको पहिलो खेलमा भुटानलाई ४-१ ले हराउँदै बंगलादेशले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । बंगलादेशको यो लगातार तेस्रो जित हो ।

नेपालले आफ्नो चौथो खेलमा बिहीबार फेरि श्रीलंकासँग खेल्ने तालिका छ । खेल दिउँसो ३ बजे हुनेछ । त्यही दिन भुटानले बंगलादेशसँग खेल्नेछ । यो खेल साँझ ६ः४५ बजे हुने तालिका छ ।

चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । बंगलादेश माथिल्लो उमेर समूहको यो प्रतियोगिताको सर्वाधिक सफल टोली हो । प्रतियोगिताले पाँचौं संस्करण पार गर्दा बंगलादेशले चार पटक उपाधि उचालेको छ । नेपालले दुई पटक फाइनल खेलेको छ । दुबैमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH