श्रावण १, २०८२ बुधबार | ०३:४६:४५
राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक

श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक

फाइल तस्विर ।

काठमाडौं । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) महिला च्याम्पियनसिपमा मंगलबार नेपालले आफ्नो तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स अरिनामा खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुनेछ ।

नेपाल अंकतालिकाको दोेस्रो स्थानमा छ भने श्रीलंका पुछारमा छ । उपाधि सम्भावनालाई जिवितै राख्ने हो भने नेपाललाई श्रीलंकाविरुद्ध फराकिलो अन्तरको जित आवश्यक छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ६–१ को सहज जित हासिल गरेको थियो ।

दोस्रो खेलमा नेपाल इन्जुरी समयको अन्तिम सेकेन्ड्समा घरेलु टोलीसँग स्तब्ध बन्यो । दुई गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन जनाउँदै खेललाई  २–२ को बराबरीमा ल्याएको थियो । तर, इन्जुरी समयको अन्तिम सेकेन्ड्समा बंगलादेशले गोल गर्दा नेपालले अंक प्राप्त गर्न सकेन । जसका कारण नेपालको उपाधि सम्भावनामा धक्का पुगेको हो । त्यसैले ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको बंगलादेशलाई उपाधि होडमा पछ्याउने हो भने नेपाललाई बाँकी खेलमा बढीभन्दा बढी गोल आवश्यक छ ।

श्रीलंका पहिलो जितको लक्ष्यमा छ । श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को हार बेहोरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई भुटानले ५–० ले पाखा लगाएको थियो । 

नेपाल र श्रीलंकाको खेलअघि बंगलादेश र भुटानले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । बंगलादेश माथिल्लो उमेर समूहको यो प्रतियोगिताको सर्वाधिक सफल टोली हो । प्रतियोगिताले पाँचौं संस्करण पार गर्दा बंगलादेशले चार पटक उपाधि उचालेको छ । नेपालले दुई पटक फाइनल खेलेको छ । दुबैमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH