रजेन्द्रमा यो सब गुण थियो । क्यामेरा, लेन्सलगायतका सामाग्री किन्ने आर्थिक हैसियत थियो । जोखिमपूर्ण ठाउँमा अग्रमोर्चामा डट्ने हिम्मत थियो । भिडभाडमा हेलिन सक्ने खालको बलिष्ठ शरिर थियो । दिनरात नभनी जस्तोसुकै परिस्थितीमा पनि नथाकिकन काम गरिरहन सक्ने क्षमता थियो । त्यो सबभन्दा ठूलो कुरा फोटोग्राफीप्रतिको जुनुन थियो । मोमेन्टलाई क्लिक गर्न सक्ने खुबी थियो ।
सिफानलाई बधाई र माया र सुनाइदेऊ । हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर ‘खुट्टा कस्तो छ ?’ भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?
नेपालमै बसेर खेलकुद क्षेत्रको सुधार गर्ने अभियान एउटा मूर्खतापूर्ण कदमका रूपमा प्रमाणित गरिन खोजिँदै छ । समउमेरका अधिकांश युवा विदेशमा रुमल्लिरहेका छन् । देशमै भएका युवाहरू विदेसिन यति धेरै व्यग्र देखिन्छन् भन्ने कुराको व्यवहारिक उत्तर यही एउटा एकेडेमी र लुम्बिनीबाट नेपाली फुटबलमा केही सकारात्मक योगदान गर्ने अभियानले भोगाएका अनुभवले व्यवहारिक रूपमै दिइरहेका छन् ।
विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो स्पेसल अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।
चेकोस्लोभाकिया, इङ्ल्यान्ड र रोमानियालाई पराजित गरेपछि ब्राजिल क्वार्टरफाइनल पुगेको थियो ।
एन्फा, अब उठ र आफ्ना गार्डहरुलाई शिक्षा देउ । भविष्यमा यस्ता घटना पुनः नदोहोर्याउ । त्योभन्दा पहिला आफै शिक्षा लेउ । समर्थकहरुको सम्मान गर । समर्थक पिटाई होइन, मात्र सम्मानको हकदार हुन् । उनीहरु कुनै पनि खेललाई जिवन्तता प्रदान गर्ने सुन्दर सारथी हुन् ।