पुस ९, २०८२ बिहीबार | १५:०१:२४
एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता

सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि


काठमाडौं । विश्व नम्बर एक इटालियन खेलाडी यानिक सिनरले दुई पटकको डिफेन्डिङ च्याम्पियन कार्लोस आल्कारेजलाई हराउँदै पहिलो पटक विम्बल्डनको उपाधि जितेका छन् ।

आइतबार सिनरले ४–६, ६–४, ६–४, ६–४ को सेटमा विश्व नम्बर दुई आल्कारेजलाई निराश पारेका हुन् । योसँगै सिनरले पाँच हप्ताअघि फ्रेन्च ओपनमा आल्कारेजसँग बेहोरेको हारको बदला समेत लिएको छ ।

विम्बल्डनको उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका २३ वर्षिय सिनरको यो चौथो ग्रान्डस्लाम उपाधि हो । सिनरले यसै वर्ष अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेका थिए । त्यस्तै गत वर्ष उनी पहिलो पटक युएस ओपन च्याम्पियन बन्न सफल भएका थिए ।

हारसँगै २२ वर्षिय आल्कारेज छैटौं ग्रान्डस्लाम जित्न असफल रहे । ग्रान्डस्लाम फाइनलमा आल्कारेजको यो पहिलो हार हो ।

शनिबार महिला सिंगल्सको फाइनलमा पोलिश खेलाडी इगा स्विटेकले अमेरिकन अमान्दा अनिसिमोभालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक विम्बल्डन उपाधि जितेकी थिइन् । स्विटेकको यो छैटौं ग्रान्डस्लाम उपाधि हो ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I