फाल्गुन ४, २०८२ सोमबार | १०:३५:२५
जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज

जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा पराजित भएमा विश्वकपको समूह चरणबाट बाहिरिने खतरामा रहेको अस्ट्रेलियाको खेल सोमबार रहेको छ । सोमबार अस्ट्रेलियाले कोलम्बोमा हुने समूह बी को खेल श्रीलंकासँग बेलुका ७ः१५ मा  हुँदैछ ।

श्रीलंकासँगको खेल जित्नै पर्ने दबाबमा रहेको छ । यदी श्रीलंकासँगको खेल गुमाएमा अस्ट्रेलियाको सुपर आठमा पुग्ने सम्भावना गणितीय हिसाबमा मात्र रहने छ । पहिलो खेलमा आयरल्याण्डलाई सहज रुपमा हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाब्वेसँग पराजित भएको थियो ।

श्रीलंका भने अस्ट्रेलियालाई हराउँदै एक खेल अघि नै सुपर आठमा प्रवेश गर्न चाहन्छ । यस्तै, सोमबार नै अन्य दुई खेल पनि हुदैछन् । दिनको पहिलो खेलमा अफगानिस्तानले युएईको सामना गर्दैछ । यो खेल भारतको दिल्लीमा नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।

समूह डी का युएई र अफगानिस्तान यस खेलमा जित निकाल्दै सुपर आठ प्रवेशको सम्भावना कायमै राख्न चाहन्छन् । अफगानिस्तानले हार बेहोरेमा सुपर आठ प्रवेशको उसको सम्भावना औपचारिक रुपमा समाप्त हुनेछ । भने, युएई पराजित भएमा उसको पनि गणितीय सम्भावना मात्र कायम रहन्छ । यस समूहबाट दक्षिण अफ्रिकाले सुपर आठमा प्रवेश पाइसकेको छ ।

सोमबारकै दोस्रो खेलमा इङ्ल्याण्डले इटलीको सामना गर्दैछ । इङ्ल्याण्ड र इटलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः१५ मा भारतको कोलकातामा सुरु हुदैछ । इङ्ल्याण्ड यस खेलमा जित निकाल्दै सुपर आठमा स्थान पक्का गर्ने लक्ष्यमा छ । इटली भने, ठूलो टिमविरुद्ध ऐतिहासिक जित सहित सुपर आठको सम्भावना कायमै राख्न चाहन्छ ।
 


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।