काठमाडौं । साबिक विजेता विश्व नम्बर एक जानिक सिनरविरुद्ध ३-१ सेटको जित निकाल्दै स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको पुरुष एकतर्फ च्याम्पियन बनेका छन् ।
अल्कारेजले दोस्रो पटक युएस ओपनको उपाधि जितेका हुन् । यसअघि उनले सन् २०२२ मा कास्पर रुडलाई निरास बनाउँदै उपाधि उचालेका थिए ।
विश्व नम्बर दुई अल्कारेज इटालियन स्टार सिनरविरुद्ध पहिलो सेटमा ६-२ ले विजयी भएका थिए । दोस्रो सेटमा भने सिनर ६ -३ ले अगाडि रहे ।
त्यसपछिका दुई सेटमा ६-१, ६-४ ले विजयी हुँदै अल्कारेजले करिअरको छैटौं ग्राण्डस्लाम उपाधि उचाले ।
यसैगरी यो वर्ष अल्कारेजले जितेको यो दोस्रो ग्राण्डस्लाम हो । यसअघि उनले सिनरलाई नै हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
यसैगरी बेलारुसी स्टार आर्यना साबालेन्काले महिला एकलतर्फको उपाधि रक्षा गरेकी छन् । साबालेन्काले फाइनलमा घरेलु खेलाडी अमान्डा एमिसिमोभाविरुद्ध ६-३, ७-६ (७-३) को जित निकालिन् ।