पुस १८, २०८२ शनिबार | ०१:३३:५१
खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा
शनिबारको दिन शनिबारको दिन

खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं । व्यावसायिक खेलकुदमा व्यक्तिविशेषको संलग्नताका आधार लगावले तय गर्छ । लगावबाट डोहोरिएका व्यक्तिहरूको यात्राले निरन्तरता पाउन थाल्दा त्यो लतमा परिणत हुन्छ । विस्तारै लत नसामा बदलिन्छ । जब लगावले नसाको रूप लिन्छ अनि त्यसमा लट्ठिनेहरू यथास्थितिवादका सबै सिमाना तोड्दै पूरा जीवन निश्चिन्त यात्रामा लाग्छन् ।

त्यसपछि बल्ल खेलकुदका नयाँ नयाँ संस्कारहरू स्थापित हुन्छन् । खेलकुद समाज र राष्ट्रको गौरवगाथा लेख्ने माध्यम बन्न थाल्छ । खेलले अर्थतन्त्रको जग बसाल्छ । हजारौं, लाखौंका लागि रोजगारी सिर्जना गर्ने उद्योग बन्छ । समाजलाई स्वस्थ, शिक्षित, अनुशासित र आशावादी बनाउने विश्वविद्यालयको रूप लिन्छ । खेलुकदलाई यसको बहुआयामिक सम्भावनाको यथार्थतिर डोर्याउने प्रेरक व्यक्तिहरूको योगदानले समृद्ध राष्ट्र निर्माणको ढोका खोल्छ ।

यसैगरी निस्फिक्री भएर पूरा जीवन खेलकुदमै समर्पण गर्ने सीमित व्यक्तिको नसामा भौंतारिएको त्यो यात्राले कुनै पनि समाज र देशलाई गतिशील बनाउँछ । अनि देशको खेलकुदलाई गन्तव्य दिने त्यस्तो जीवनयात्रा निश्चित अवस्थामा पुग्दा त्यो यात्रा अमर बन्छ । र, लाखौंका लागि पथप्रदर्शकका रूपमा स्थापित हुँदै सम्मानको हकदार बन्छ ।

यही कारण हो, अवार्ड कार्यक्रममा आयोजक एनएसजेएफका अध्यक्ष र महासचिव स्वयंले त्यस्तो जीवनलाई डोर्याएर स्टेजसम्म पुर्याउन नभ्याउँदै पूरा हलले सम्मानसाथ उभिएर आभार व्यक्त गरिसकेको हुन्छ ।

अभाव, पीडा, अत्यन्तै सीमित स्रोत-साधन, समाजको असहिष्णु दृष्टिकोण, आपसी कलह तथा अरू थुप्रै बेथिति र विसंगतिसँग गुज्रिइरहेको नेपाली खेलकुदको जीवन यस्तै सीमित जीवनहरूका कारण त चलिरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को पल्सर स्पोटर््स अवार्डमा त्यस्तै जीवनलाई सम्मान गर्न समावेश विधा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’को इतिहासले ‘सम्भव भएसम्मकै दयनीय अवस्थाको यथार्थका बावजुद खेलकुदबाटै ठुल्ठूला सपना देख्न सिकाउने तथा समाजमा सकारात्मक भावको सञ्चार गर्ने’ आदर्श नामहरू प्रस्तुत गर्छ । जहाँ नेपाली खेलकुदलाई ठूलो गुन लगाएका २० व्यक्तित्व सम्मानित भइसकेका छन् ।

नेपाली एथलेटिक्सका ‘लिभिङ लिजेन्ड’ जितबहादुर केसीबाट सुरु भएको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनेको सूचीमा नेपाली क्रिकेटको जग हाल्ने जयकुमार नाथ शाहदेखि विनयराज पाण्डेसम्मको नाम समेटिँदा यही विधामार्फत सम्पूर्ण नेपाली खेलकुद सम्मानित भएको पाइन्छ ।

यही कारण हो, अवार्ड कार्यक्रममा आयोजक एनएसजेएफका अध्यक्ष र महासचिव स्वयंले त्यस्तो जीवनलाई डोर्याएर स्टेजसम्म पुर्याउन नभ्याउँदै पूरा हलले सम्मानसाथ उभिएर आभार व्यक्त गरिसकेको हुन्छ । हलको भावनाले भनिरहेको हुन्छ, ‘धन्य छ, तपाईंको जीवन, जसले नेपाली खेलकुदलाई जीवन दिइरहेको छ ।’

२०५४ सालमा सुरु भएको अवार्डको पहिलो संस्करणमा ५ विधा समावेश थिए । जसमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि थियो । त्यसपछि ६ वर्ष रोकिएर २०६१ बाट अवार्डले पुनः यात्रा थाल्दा दुई पटक यो विधा समावेश थिएन । समग्रमा ‘लाइफटाइम एचिभमेन्ट अवार्डले १९ संस्करणको यात्रा पूरा गरेको छ ।

जहाँ एउटा संस्करणमा दुई पाका खेलाडी संयुक्त रूपमा सम्मानित हुँदा एक पटक भने दिवंगत भइसकेका खेल प्रशासकलाई मरणोपरान्त यो सम्मान अर्पण गरिएको थियो । ‘मदर अफ अल स्पोर्टस’का रूपमा मानिने एथलेटिक्सबाट सबैभन्दा धेरै ६ जना ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित हुँदा फुटबलमा जीवन अर्पिएका तीन तथा क्रिकेट, भारोत्तोलन र टेबलटेनिसका २–२ व्यक्तित्व सम्मानित भएका छन् । बक्सिङ, गल्फबाट समान एक जना यो सम्मानको हकदार हुँदा एकजना प्रशासक पनि ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएको इतिहास छ । अर्का एकजना भने फुटबल, क्रिकेट, पौडी, एथलेटिक्सलगायत थुप्रै खेल खेलेका महान खेलाडी कोमल पाण्डे रहे ।

दक्षिण एसियाली खेलकुद तथा बृहत राष्ट्रिय खेलकुदका परिकल्पनाकार राष्ट्रिय खेलुकद परिषदका पूर्व सदस्यसचिव शरदचन्द्र शाहलाई २०७८ सालमा मरणोपरान्त यो अवार्ड अर्पण गरिएको थियो ।

२०५४ सालको पहिलो संस्करणमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका धावक जितबहादुर केसी सम्मानित भए । २०६१ र २०६२ को संस्करणमा यो विधा समावेश थिएन । २०६३ मा पहिलो अन्तर्राष्ट्रिय म्याराथन धावक गजराज जोशी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’को हकदार भए । भीष्म पितामह भनेर पुजिने बक्सिङका सुरेश आलेमगर २०६४ सालमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट विभूषित भएका थिए ।

२०६५ मा नेपाल क्रिकेट संघको जग हाल्नेमध्येका मुख्य पात्र पूर्वअध्यक्ष जयकुमार नाथ शाहको जीवन सम्मानित हुँदा २०८१ मा गत वर्ष शाहका सहयात्री संघका अर्का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ अर्पण गरिएको थियो ।

२०६६ मा नेपाली भारोत्तोलनका गुरु पार्थ सारथी सेन गुप्त (मिठु गुरु) ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भए । विभिन्न खेलबाट अन्तर्राष्ट्रिय स्पर्धामा भाग लिएका कोमल पाण्डेलाई २०६७ सालमा यो सम्मान प्रदान गरिएको थियो ।

१० हजारभन्दा बढी नेपालीको ज्यान लिने गरी आएको महाभूकम्पका कारण २०७२ सालमा एनएसजेएफले अवार्ड कार्यक्रम आयोजना नै गरेन ।  

२०६८ सालमा टेबलटेनिसका रमेशराज जोशीलाई यो सम्मान अर्पण गरिएको थियो । टेबलटेनिसको साफ खेलकुदको पदकधारी महिला जोडी गीता क्षेत्री र सिजरिन शाहले २०७७ सालमा यो अवार्ड प्राप्त गरेका थिए ।

‘लाइफटाइम एचिभमेन्ट अवार्ड’को इतिहासमा सबैभन्दा सफल एथलेटिक्सका खेलाडी फेरि निरन्तर सम्मानित भए । १९६४ को ओलम्पिकका सहभागी नेपालका पहिलो धावक भूपेन्द्र सिलवाल २०६९ सालमा यो अवार्डको हकदार बन्दा एथलेटिक्सबाट दक्षिण एसियाली कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर २०७१, एभरेस्ट म्याराथनका कीर्तिमानी धावक हरिबहादुर रोकाय २०७६ तथा धावक रघुराज वन्त २०७९ मा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट विभूषित भएका छन् । केसी, मानन्धर, रोकाय, वन्त सबै ओलम्पियन धावक हुन् ।

भारोत्तोलनका प्रशिक्षक राजेन्द्रकुमार प्रधान २०८० सालमा सम्मानित हुँदा फुटबलबाट भीम थापा २०७०, श्रीराम रञ्जितकार २०७३ र अशोक केसी २०७५ सालमा लाइफटाइम एचिभमेन्ट पाउन सफल भएका छन् । गल्फका घनश्याम थापालाई २०७४ सालमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

दक्षिण एसियाली खेलकुद तथा बृहत राष्ट्रिय खेलकुदका परिकल्पनाकार राष्ट्रिय खेलुकद परिषदका पूर्व सदस्यसचिव शरदचन्द्र शाहलाई २०७८ सालमा मरणोपरान्त यो अवार्ड अर्पण गरिएको थियो ।

१० हजारभन्दा बढी नेपालीको ज्यान लिने गरी आएको महाभूकम्पका कारण २०७२ सालमा एनएसजेएफले अवार्ड कार्यक्रम आयोजना नै गरेन ।