फाल्गुन २७, २०८२ बुधबार | ०४:०६:५२
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

युएईमाथि अफगानिस्तानको जित

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी-२० विश्वकपमा आज (सोमबार) सम्पन्न पहिलो खेलमा अफगानिस्तानले युएईलाई पराजित गरेको छ । दिल्लीमा सम्पन्न दिनको पहिलो खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले हरायो ।

युएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको जितमा अजमतुल्लाह उमरजाइले अलराउण्ड प्रदर्शन गरे । उमरजाइले ४ ओभरमा १५ रन खर्चिएर महत्वपूर्ण ४ विकेट हात पार्दा २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको अविजित इनिङ खेले ।

अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रानले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । दारविस रसुली २३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३३ रन जोड्दै आउट भए ।

त्यसअघि अफगानिस्तानले टस जितेर बलिङ रोजेपछि युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार गरेको थियो । युएईका लागि सोहेब खानले ४८ बलमा ६ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेले ।

अलिशान सरफु ३१ बलमा ३ चौका र २ चौकाको सहयोगमा ४० रन बनाएर आउट भए । सायद हैदर र हैदर अलीले समान १३ तथा कप्तान मोहम्मद वासिमले १० रन जोडे ।

अफगानिस्तानका लागि उमरजाइले ४, मुजिब उर रहमानले २ तथा राशिद खानले १ विकेट लिए । तेस्रो खेलमा पहिलो जित हात पारेको अफगानिस्तान दुई अंक सहित समूह ‘डी' को तेस्रो स्थानमा उक्लिएको छ । पराजित युएई पनि समान दुई अंकका साथ समूहको चौथो स्थानमा छ ।

यस समूहबाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरिसकेको छ । सुपर ८ पुग्ने अर्को टोलीको भने मंगलबार हुने न्युजिल्याण्ड र क्यानडाबीचको खेल पछि टुगों लाग्नेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||