काठमाडौं । न्युरोड टिम(एनआरटी)माथि ६–१ को पुनरागमन जित हासिल गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार त्रियुगा नगरपालिकास्थित थहुरट रंगशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनलमा आर्मीका लागि स्ट्राइकर जेनिफर रानामगरले ह्याट्रिक गरिन् । त्यस्तै सपना लामाले दुई तथा दीपा राईले एक गोल गरिन् ।
एनआरटीले कविता गुरुङको गोलमार्फत सुरुआती अग्रता लिएको थियो ।
अब सेमिफाइनलमा आर्मीले फागुन ६ गते नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
मंगलबार चौथो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
