काठमाडौं । नेपाली शिवाली गुरुङले ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत ‘टेनिस टु युरोप’मा सहभागिता जनाउने भएकी छन् ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले शिवालीलाई बिदाइ गरे ।
शिवालीले १४ वर्ष मुनीको उमेर समुहमा जुलाई १४ देखि २० सम्म फ्रान्समा हुने ओपन स्टेट फ्राकाइस, जुलाई २१ देखि २७ सम्म हुने टेनिस युरोप, जर्मनमा जुलाई २८ देखि अगस्ट ३ सम्म हुने इन्टरनेसनल डेउटसी तथा अगस्ट ४ देखि १० सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा भाग लिने छिन् ।
यस्तो प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको शिवालीका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिए ।
बिदाइ कार्यक्रममा राखेपका बोर्ड सदस्य हिमालकुमार श्रेष्ठ, शिवाली प्रशिक्षकहरु प्रदिप खड्का र राजकुमार लामा सहभागी थिए ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
