पुस ९, २०८२ बिहीबार | १४:४१:४५
एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता

आरभ र स्वस्तिका च्याम्पियन

काठमाडौं । आरभसम्राट हाडा र स्वस्तिका विष्टले पहिलो पटक सिटिजन्स बैंक टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आरभ पुरुष तथा स्वस्तिका महिला सिंगल्समा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा शनिबार सम्पन्न पुरुष सिंगल्स फाइनलमा आरभले निशान श्रेष्ठलाई ६-३,६-२ को सोझो सेटमा पराजित गरे । आरभको समग्रमा यो तेश्रो सिनियर सिंगल्स उपाधि हो । यसअघि उनले गणेशमान सिंह टेनिस र माछापुच्छ्रे टेनिसको उपाधि जितेका थिए ।

यो स्पर्धामा निहालजंगबहादुर थापा र राजवीर प्रधान तेश्रो भए ।

महिलाको उपाधि भिडन्तमा स्वस्तिकाले अभिलाषा विष्टलाई सीधा सेटमा ६-१, ६-३ ले हराइन् । स्वस्तिकाको यो पहिलो सिनियर सिंगल्स उपाधि हो । आइशा डोल्कर गुरुङ र जेनी खड्काले तेश्रो स्थान हासिल गरे । 

पुरुष/महिला दुवैमा शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा ११ स्पर्धा समावेश थियो । मिक्स डबल्समा आरभ र अभिलाषा, भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दीक्षित, ४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी तथा ४५ वर्षमाथि पुरुष डबल्समा कमल र सुमित मैनालीको जोडी विजेता बने ।

काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र र डेगेन्द्र श्रेष्ठ, ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ तथा ६५ वर्षमाथि पुरुष डबल्समा धीर गुरुङ र मनोज राणाको जोडी च्याम्पियन बने ।

विजेतालाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्द, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, मुख्य प्रायोजक सिटिजन्स बैंकका सञ्चालकत्रय प्रकाश मैनाली, विजयध्वज कार्की र दिगविजय विष्टलगायतले पुरस्कृत गरे । 

वैशाख १४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६३ खेलाडी सहभागी थिए । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I