कार्तिक २२, २०८२ शनिबार | १९:५५:२४
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

खेलाडी उत्साही छन्, तयारी राम्रो हुन्छ : मास्के

फिलिपिन्समा अगस्ट २९ देखि सेप्‍टेम्बर ५ सम्म हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि नेपाली राष्‍ट्रिय महिला भलिबल टोलीले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ । नेपाल भलिबल संघले गत चैतमा सम्पन्‍न पाँचौं आरबिबी एनभिए राष्‍ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको प्रदर्शनका आधारमा ३० खेलाडीको प्रारम्भिक छनोट गरेको थियो । उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक जगदिश भट्ट र प्रज्वलबहादुर सिंह रहेको तीन  सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको थियो । पहिलो चरणको बन्द प्रशिक्षण अघिल्लो साताबाटै सुरु गर्ने योजना भए पनि कोभिड १९ को महामारीका कारण गृह मन्त्रालयबाट स्विकृति लिन समय लागेका कारण मंगलबारबाट मात्र त्रिपुरेश्‍वरस्थिय राष्‍ट्रिय खेलकुद परिषदको कभर्डहलमा बन्द प्रशिक्षण सुरु भएको हो । एसियाली स्तरको प्रतियोगिता खेल्न लागेको नेपालको राष्‍ट्रिय खेलको महिला टोलीको तयारीबारे व्यवस्थापनमा सक्रियताका साथ लागेकी भलिबल संघकी उपाध्यक्ष निरोज मास्केसँग खेलाडी डटकमले गरेको कुराकानीको सम्पादित अंश :

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोनको तयारी कस्तो भइरहेको छ ?

- आजबाट भर्खर बन्द प्रशिक्षण सुरु भएको छ । खेलाडीहरु उत्साही छन् । हामीसँग समय पर्याप्त भएकाले तयारी राम्रो हुनेछ ।

विपक्षी टोलीहरुलाई कसरी मुल्याङकन गर्नु भएको छ ?

- राष्‍ट्रिय महिला टोलीले अन्तर्राष्‍ट्रिय प्रतियोगिता नखेलेको लामो समय भइसकेको छ । त्यसैले यो प्रतियोगिता हाम्रो लागि आफू कुन स्थानमा रहेछौं भन्‍ने थाहा पाउनका लागि राम्रो थलो हुनेछ । खासमा यो हामीले आफूलाई जाच्‍ने एउटा परिक्षा जस्तै हो । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा यो हाम्रो पहिलो सहभागिता हो । यस प्रतियोगितामा उत्कृष्‍ट टोलीहरुको सहभागीता हुन्छ । उनीहरु हामी भन्दा धेरै माथिल्लो स्तरका छन् । 

नेपालले प्रतियोगितामा लिएको लक्ष्य के हो ?

- हाम्रो लक्ष्य उत्कृष्‍ट प्रदर्शन गर्ने नै हो । लामो समयको अन्तरालपछि हामी अन्तर्राष्‍ट्रिय प्रतियोगिता खेल्दैछौं । यो हाम्रा लागि आफ्नो स्तरको परिक्षण गर्ने र ठूला प्रतियोगिताको अनुभव बटुल्नका लागि उपयुक्त प्लेटफर्म बन्‍नेछ । यहाँ लिएको अनुभवबाट सिक्दै हामी त्यसलाई दक्षिण एसियाली स्तरमा उपयोग गर्न सक्छौं भन्‍ने विश्‍वास लिएका छौं ।

महामारीको समयमा अभ्यास कसरी व्यवस्थित र नियमित बनाउने योजना छ  । स्वास्थ मापदण्डको पालना कसरी गर्नु हुन्छ ?

- हामीले प्रतियोगिताका लागि जेठ २१ गतेबाटै बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि गृह मन्त्रालयले अनुमति नदिँदा प्रशिक्षण तत्काल सुरु गर्न सकेनौं । अहिले भने हामीले स्वास्थका सम्पूर्ण मापदण्ड पालना गर्दै अभ्यास सुरु गर्दैछौं । सबै खेलाडी, प्रशिक्षक र व्यस्थापकको पिसिआर परिक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ आइसकेको छ । सबै खेलाडीहरुलाई वर्ल्ड ट्रेड सेन्टरमा रहेको होटलमा बसोबासको व्यस्था मिलाइएको छ । सामाजिक दुरी कायम गर्ने, अभ्यासबाहेकको समयमा मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका सबै स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरिनेछ । 

फिलिपिन्स र नेपालको मौसममा निक्कै भिन्‍नता छ, प्रतियोगिता अघि वैदेशिक प्रशिक्षणको सोच बनाइएको छ ?

- हामीले त्यसबारेमा पनि सोचेका छौं । तर महामारीको अवस्था कस्तो हुन्छ भन्‍ने पनि छ । नयाँ संक्रमण दर घट्दै गएर चाढै अवस्था सामान्य होस भन्‍ने कामना गरिरहेका छौं । अवस्था सामान्य बनेसँगै कम्तीमा एक महिना वैदेशिक प्रशिक्षणमा जाने सोच बनाएका छौं ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।