फाल्गुन ७, २०८२ बिहीबार | २३:३३:५२
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा

काठमाडौं । जिम्बाब्वे भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा समूह चरणमा अपराजित रहँदै सुपर आठमा पुगेको छ । बिहिबार भएको समूहको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै जिम्बाब्वेले सुपर आठमा स्थान बनाएको हो ।

समूह बी मा रहेको जिम्बाब्वेले अस्ट्रेलिया, ओमानलाई पराजित गरेकोमा आयरल्याण्डसँगको खेल वर्षाले रोकिदा अंक बाडेको थियो । सुपर आठमा जिम्बाब्वे भारत, वेस्ट इण्डिज र दक्षिण अफ्रिकासँग एकै समूहमा रहेको छ ।

सुपर आठमा जिम्बाब्वेको पहिलो खेल वेस्ट इण्डिजविरुद्ध रहेको छ । यसअघि नै सुपर आठमा स्थान बनाइसकेको श्रीलंकाले पहिला ब्याटिङ गर्दै बनाएको १ सय ७९ रनको लक्ष्य जिम्बाब्वेले १९ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । जिम्बाब्वेको जितमा ओपनर ब्रायन बेननेटले ४८ बलमा ८ चौकाको सहयोगमा सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । प्लेयर अफ द म्याच भएका कप्तान सिकन्दर राजाले २६ बलमा २ चौका र ४ चौकाको सहयोगमा ४५ रन जोडे ।

श्रीलंकाका लागि दुशान हेमन्थाले २ तथा दासुन शनका र दुनिथ विलालागेले समान १ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । श्रीलंकाका लागि ओपनर पथुम निशंकाले ४१ बलमा सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पवन रत्नायके ४४, कुशल परेरा २२ तथा कुशल मेन्डिस १५ रनमा आउट भए ।

जिम्बाब्वेका लागि ब्लेसिङ मुजवार्नी, ब्राड इभन्स र ग्रामी करीमेरले समान २ तथा रायन वर्लले १ विकेट लिए । पराजित हुनाका बाबजुद समूहको उपविजेता बन्दै सुपर आठमा स्थान बनाएको श्रीलंकाको समूहमा पाकिस्तान, इङ्ल्याण्ड र न्युजिल्याण्ड रहेका छन् ।

आजै भएको पहिलो खेलमा इटलीलाई हराउँदै वेस्ट इण्डिज अपराजित रुपमा सुपर आठमा पुगेको छ । आजको अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिसकेका अफगानिस्तान र क्यानडाबीचको खेल जारी रहेको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||