काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर एटका खेल आजदेखि सुरु हुनेछ । अब भने प्रतियोगितामा माथिल्लो स्तरको प्रतिस्पर्धा चल्नेछ । त्यही सुपर एटमा एउटा जबरदस्त टिम भने हुने छैन । त्यो हो, अस्ट्रेलिया । जसरी यो टिमको विश्वकप यात्रा लिग चरणमै टुंगियो, पूरा प्रतियोगिताका लागि यो एउटा प्रश्न बनेको छ । यो प्रश्नको जवाफमा अनेक विश्लेषण होलान, तर एउटा कुरा निश्चित छ, अस्ट्रेलिया हुँदो हो त त्यो माथिल्लो स्तरको प्रतिस्पर्धा अझ स्तरीय र प्रतिस्पर्धात्मक हुने थियो ।
साँच्चै किन अस्ट्रेलिया सुपर एट पुगेन त ? यो जत्तिको टिम चाँडै घर फर्किन बाध्य हुनु लाजमर्दो पनि हो भन्ने धैरै छन् । अहिलेसम्म टी–२० विश्वकपमा जति पनि संस्करण भए, त्यसमध्ये अस्ट्रेलिया अर्को चरण पुग्न नसकेको यो दोस्रो पटक मात्रै हो ।
जति बेला समूह चरणमा दुई टेस्ट प्रतिद्वन्द्वी जिम्बावे र श्रीलंकालाई हराउन सकिन्न, त्यो टिमलाई सुपर एट पुग्न योग्य थियो भनेर भन्न सकिन्न ।
जिम्बावे र आयरल्यान्डबीचको खेल वर्षाले रद्द भएपछि अस्ट्रेलिया बाहिरिने औपचारिक रूपमा तय भएको थियो । अस्ट्रेलिया सुरुमा जिम्बावेका हातबाट पराजित रह्यो, पछि श्रीलंकासँग । यस्तोमा समूह ‘बी’मा अस्ट्रेलिया तेस्रो स्थानमै मात्र रह्यो । अब दुई वर्षपछि अस्ट्रेलिया र न्युजिल्यान्डमै टी–२० विश्वकप हुनेछ, त्यतिबेला आयोजक देशका द्वपमा अस्ट्रेलियालाई राम्रो प्रदर्शन गर्ने चुनौती अहिलेदेखि नै बनिसकेको हुनेछ ।
यस विश्वकपका लागि अस्ट्रेलियाली टिमको छनोट पनि एउटा ठूलो विवादका विषय रह्यो । लयमा रहेता पनि स्टिभ स्मिथ किन टिममा परेनन्, त्यो उत्तर कसैले दिन सकेका छैनन् ।
अस्ट्रेलियाले बिर्सनलायक विश्वकप यात्राको प्रमुख कारण त जिम्बावे र श्रीलंकासँगको लगातार हार नै थियो । त्यसमध्ये जिम्बावेसँग २३ रनले पराजित रहेको थियो भने श्रीलंकासँग ८ विकेटले ।
यो हारको प्रमुख कारण रह्यो, अस्ट्रेलियाको कमजोर बलिङ प्रदर्शन । चोटका कारण प्याट कमिन्स र जोस हेजलउड टिममा थिएनन् भने मिचेल स्टार्कले टी–२० बाटै संन्यास लिइसकेका छन् । यस्तोमा अस्ट्रेलियाको बलिङ अविश्वसनीय ढंगले कमजोर रह्यो ।
राम्रो हुन्थ्यो त जिम्बावे र श्रीलंकासँगको खेलमा एकै स्थानमा राख्दा पनि ४ विकेट मात्रै लिने थिएन् । यस विश्वकपका लागि अस्ट्रेलियाली टिमको छनोट पनि एउटा ठूलो विवादका विषय रह्यो । लयमा रहेता पनि स्टिभ स्मिथ किन टिममा परेनन्, त्यो उत्तर कसैले दिन सकेका छैनन् । श्रीलंकाविरुद्धको खेलमै पनि म्याट रेनसलाई किन खेलाइएन भन्ने विषय उत्तिकै महत्त्वपूर्ण छ । नत्र रेनसले यसअघिका खेलमा ब्याटबाट राम्रो गरेका थिए ।
अब यी सबै समस्या अस्ट्रेलियाले कसरी समाधान गर्ने हो, त्यो हेर्नलायक हुनेछ ।
खासमा अस्ट्रेलियाले यो विश्वकपलाई भन्दा बिगबासको फाइनल र एसेज सिरिजलाई बढी महत्व दिएको थियो । यही विश्वकपका लागि भनेर खासै तयारी गरेको थिएन । अनि सबैभन्दा महत्त्वपूर्ण कारण, अस्ट्रेलियाको ब्याटिङ पतन रह्यो ।
श्रीलंकाविरुद्ध जित्नैपर्ने खेलमा अस्ट्रेलियाले २० रनमा ६ विकेट गुमाएको थियो । अस्ट्रेलियाको ब्याटिङ क्रम त्यो खेलमा तासको पत्तीझै ढलेको थियो । अब यी सबै समस्या अस्ट्रेलियाले कसरी समाधान गर्ने हो, त्यो हेर्नलायक हुनेछ ।