काठमाडौं । सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने ट्वान्टी २० विश्वकपका लागि १२ राष्ट्र छनोट भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधबार सहभागी रहने टोलीको टुंगो लगाएको हो ।
अस्ट्रेलिया र न्युजिल्याण्ड आयोजकका भएकाले छनोट भएका छन् । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपको सुपर आठमा स्थान बनाएका सात टोली (भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इङ्ल्याण्ड, वेस्ट इण्डिज) छनोट भए । त्यसपछि ट्वान्टी २० आई को पछिल्लो वरियता अनुसार सुपर आठ र आयोजकका रुपमा छनोट नभएका तीन (अफगानिस्तान, बंगलादेश र आयरल्याण्ड) राष्ट्र छनोट भए ।
यस संस्करणको जस्तै क्षेत्रीय छनोट प्रतियोगिताका आधारमा अन्य आठ राष्ट्रको छनोट गरिने छ ।
क्षेत्रीय छनोटबाट छानिने टोलीको संख्या
अमेरिकी क्षेत्रीय छनोट - एक देश छनोट
युरोपियन क्षेत्रीय छनोट - दुई देश छनोट
एसिया तथा पुर्वी एसियाबाट - तीन देश छनोट
अफ्रिका क्षेत्रीय छनोटबाट - दुई देश छनोट
आगामी संस्करणको ट्वान्टी २० विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डमा सन् २०२८ को अक्टोबर या नोभेम्बर तिर हुनेछ ।
