फाल्गुन १, २०८२ शुक्रबार | ०१:२९:१६
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को २१औं साधारणसभा सम्पन्न भएको छ ।

सोमबार अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा नेपालले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता÷कार्यक्रमको प्रगति विवरण पेस गरे ।

यस्तै आन्तरिक लेखापरिक्षक रविन भुसालले आर्थिक वर्ष २०८१/२०८२ को विवरण र कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्वमा प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गरे ।

यसैगरी कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराए । जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्सलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो । 

त्यस्तै ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।

साधारणसभामा पूर्व खेलाडी तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकमा ‘प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पीएमसी)’ गठनका लागि प्रस्ताव गरिएको छ । साधारण सभाले जेन जी आन्दोलनका सहिदलाई श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)ले एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णयको स्वागत गरेको छ ।

साधारण सभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ ।

कुल २३ संघका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो ।

उद्घाटन सत्रमा महासचिव श्रेष्ठले स्वागत भाषण गरेका थिए । त्यस्तै सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल संघका तर्फबाट बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने शुभकामना सन्देश दिएका थिए ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद विकासका लागि एनओसी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै आफ्नो संस्था नेपाली खेलकुद र खेलाडीको विकासका लागि सधैं तत्पर रहेको बताए ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026