फाल्गुन ५, २०८२ मंगलबार | ०९:००:२६
नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै

राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को १२४औं बोर्ड बैठक केही प्रशासनिक एजेन्डाका साथ राजनीतिक उद्देश्य बोकेर यही पुष ९ गते बस्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको निर्देशनअनुसार नवनियुक्त सदस्यसचिव रामचरित्र मेहताले अर्को बुधबारका लागि बोर्ड बैठक बोलाएका छन् । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा बैठक बिहान ११ बजे सुरु हुने बताइएको छ ।

सदस्यसचिव मेहताले बुधबार सदस्यहरुलाई बैठकमा उपस्थितीका लागि पत्राचार गरेका थिए । सदस्यसचिव मेहताले सदस्यहरुलाई पठाएको पत्रअनुसार अर्को बुधबार हुने १२४औं बोर्ड बैठकमा ६ एजेन्डा समावेश छन् ।

पटकपटक स्थगित भएपछि राखेपको पछिल्लो बोर्ड बैठकले आगामी फागुनमा गर्ने भनेको १०औं राष्ट्रिय खेलकुदको प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ मा तेस्रो संशोधनसहित परिमार्जित निर्देशिका बैठकको पहिलो एजेन्डाका रुपमा समावेश गरिएको छ ।

यसैगरी चालु आर्थिक वर्षको लागि सरकारबाट राखेपलाई विनियोजित योजना, कार्यक्रम र बजेटमाथिको छलफललाई दोस्रो बुाँमा राखिएको छ । तेस्रो बुँदामा चालु आर्थिक वर्षको राखेपको आन्तरिक अनुमानित आय–व्ययमाथि छलफल हुनेछ ।

परिषदको दैनिक कार्य सञ्चालनका लागि आवश्यक कार्यविधिहरुका सम्बन्धमा गरिने छलफल चौथो बुँदामा समावेश गरिँदा पाँचौं बुँदामा भने ‘जेन्जी सहिद स्मृति पार्कको निर्माण सम्बन्धमा’ भन्दै राजनीतिक एजेन्डा समावेश गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी विद्रोहको जगमा बनेको सरकारले विद्रोहमा मारिएका आन्दोलनकारीको स्मृतिमा पार्क बनाउने भने पनि कहाँ बनाउने भन्ने विषय चाँही प्रस्ताब गरिएको छैन ।

त्यस्तै छैटौं बुँदामा समावेश विविधअन्तर्गत पनि जेन्जी सहिद अडिटोरियम हलको नामाकरण गर्ने र स्पोर्टस मेडिसिन एण्ड रिसर्च सेन्टर सञ्चालन कार्यदलको अनुमोदन गर्ने विषय राखिएका छन् । राखेपले औपचारिक रुपमा केही नबोले पनि सातदोबाटोस्थित अडिटोरियमलाई नै जेन्जी सहिद अडिटोरियमको नाम दिने तयारी रहेको अधिकारीहरुले जानकारी गराएका छन् ।

यसअघि जेन्जी मन्त्री गुप्ताकै अध्यक्षतामा कात्तिक १९ मा राखेपको १२३औं बोर्ड बैठक बसेको थियो । उक्त बैठकले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णालीको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो ।

पूर्वनिर्धारित सबै ३६ खेल समावेश गर्ने निर्णय राखेपको अघिल्लो बैठकले गरे पनि अझैसम्म १०औं राष्ट्रिय खेलकुदको लागि मैदानमा कुनै पनि तयारीका काम भएका छैनन् ।

राष्ट्रिय खेलकुदका लागि गर्नैपर्ने पालिका, जिल्ला र प्रदेश छनोटका कुनै पनि कार्यक्रम अहिलेसम्म सुरु भएका छैनन् । सुरु नभएकोमात्र होइन, राखेपद्धारा घोषित मितिअनुसार राष्ट्रिय खेलकुद सुरु हुन दुई महिना पनि बाँकी नरहँदा मैदानमा जिल्ला छनोटको तयारीसमेत भएको छैन ।

सरकारी निर्णयअनुसार अघिल्लो वर्ष मंसिरमै हुनुपर्ने राष्ट्रिय खेलकुद विभिन्न कारणले रोकिँदै आएको थियो । राखेपका वरिष्ठ कर्मचारी तथा प्रशिक्षकहरु यसपाली पनि तोकिएको फागुन १ देखि ७ गतेको समयमा १०औं राष्ट्रिय खेलकुद हुनेमा शंका व्यक्त गर्छन ।

सुशासन र भ्रष्टाचार मुक्त देशको लागि भएको जेन्जी विद्रोहको जगमा बनेको सरकार पनि राष्ट्रिय खेलकुद सही तरिकाले समयमै गराउनेप्रति प्रतिबद्ध नदेखिएको उनीहरुको बुझाई छ ।  

‘फागुन १ बाट राष्ट्रिय खेलकुद गर्ने भनिएको छ । अहिलेसम्म जिल्ला छनोट भएको छैन । त्यसका लागि सूचना पनि जारी गरिएको छैन । टाइमलाइन बनेकै छैन । जिल्लाले कहिले टिम बनाउने ? कहिले छनोट गर्ने ? त्यसपछि प्रदेश छनोटका लागि कति दिन तयारी गर्ने ? प्रदेश छनोट कहिले गर्ने ? जस्ता विषयहरु मन्त्रीले बुझेकै छैनन् । त्यसमा कुनै प्रष्टता छैन,’ परिषदका एक वरिष्ठ प्रशिक्षकले खेलाडी डटकमसँग भने, ‘मैदानका यी सबै प्रक्रिया पूरा गर्न पनि फागुन १ मा भ्याइन्न । यसका लागि कम्तिमा तीन महिना लाग्छ । यसकारण फागुन १ मा राष्ट्रिय खेलकुद भए पनि विगतको भन्दा फितलो हुन्छ । गर्नका लागि गरेजस्तो र बजेट सक्न मात्र गरेजस्तो हुन्छ ।’


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL