पुस ११, २०८२ शनिबार | २२:०५:२४
रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित अञ्जिलाको सेथुले गोकुलमसँग खेल्दै उछिनपाछिनमा चलिरहेको इटालियन लिग रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित अञ्जिलाको सेथुले गोकुलमसँग खेल्दै उछिनपाछिनमा चलिरहेको इटालियन लिग

रग्बी संघको बजेट झन्डै डेढ करोड

काठमाडौं । नेपाल रग्बी संघको १३ औं वार्षिक साधारण सभामा १ करोड ३५ लाख रुपैंयाको बजेट पास भएको छ।

शनिवार आयोजित साधारण सभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । सभामा अधिकारीले अर्को वर्षको लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए ।

सात प्रदेश, ५८ जिल्ला र ७ वटा राष्ट्रिय क्लब मध्ये अधिकांशको सहभागिता रहेको साधारण सभामा संघका अध्यक्ष दीपक देवकोटाले संघको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए । जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्‍यो ।   

उनले भने, ‘समूहगत खेलमा नेपालमा रग्बीको भविष्य निकै राम्रो छ। हामी त्यही अनुरूप अभियान थालिरहेका छौं। अन्तर्राष्ट्रिय प्रायोजक खोज्न सके र अन्तर्राष्ट्रिय रूपमा रहेका हाम्रा सहकर्मीहरूको साथले हामीले यो अभियानलाई अगाडि बढाउन सक्छौं ।’

यस्तै संघका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको संघको योजना प्रस्तुत गरेका थिए ।

यस वर्ष रग्बीले बंगलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रंगशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा महिला टोलीले उज्बेकिस्तानलाई पराजित गरेको थियो ।

महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ ।  

यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्यसचिव रामचरित्र मेहताले उद्घाटन गरेका थिए ।

सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीनबहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए ।

त्यस्तै उनले राखेपमा भर्खरै सदस्य नियुक्त भएका रग्बी संघका सदस्य सन्तकुमार मेहता, अञ्जना श्रेष्ठ मास्के र मधेस प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठलाई सम्मान गरे । 

समापन समारोहका प्रमूख अतिथि राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंक घिसिङले रग्बीलाई व्यावसायिक बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए । उनले रग्बीको स्थायी खेल स्थल निर्माणमा जोड दिँदै यसमा पहल सुरु भइसकेकोले पूरा गर्नमा सबैले जोड दिनुपर्ने बताए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I