फाल्गुन ९, २०८२ शनिबार | ०९:०३:४९
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा
शनिबारको दिन

भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित

काठमाडौं । पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने धम्की दिएपछि त्यसले केही दिनका लागि विश्व क्रिकेटमा सनसनी नै मच्चायो । भनिन्छ, जानेर नै क्रिकेटको कुनै पनि ठूला प्रतियोगितामा प्रायः भारत र पाकिस्तान लिग चरणमा एउटै समूहमा पर्छ ।

त्यसको अर्थ हो, यी दुई देशबीच कम्तीमा एकपल्ट भए पनि खेल होस अनि त्यसबाट पैसा कमाउन सकियोस । टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल नभएको भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई केही नभए पनि ५० करोड डलरभन्दा बढी घाटा हुने थियो ।

धन्न, अन्त्यतिर पाकिस्तान भारतको सामना गर्न तयार भयो । पाकिस्तानको बहिष्कार गर्ने निर्णय बाहिरिने बित्तिकै केहीले भन्थे, यो त पाकिस्तानको राजनीतिले भरिएको खेल मात्रै हो । सायद थियो पनि । खासमा कुरा सुरु हुन्छ, बंगलादेशको भारतमा गएर खेल्न अस्वीकार गर्ने निर्णयबाट ।

सुरक्षाको कारण देखाएर बंगलादेशले भारतमा गएर खेल्न अस्वीकार गरेको थियो । उसको माग थियो, बंगलादेशको खेल जति श्रीलंकामा होस । बंगलादेशको भनाइ थियो, आफ्ना खेलाडीलाई भारतीय भूमिमा असुरक्षा छ ।

अचेल पाकिस्तानको क्रिकेट निकै खराब स्तरको छ । यसले माथिल्लो स्तरमा खेल्न नै सक्दैन । अझ विपक्षी टिम भारत हुनुपर्छ, पाकिस्तानी टिमलाई ज्वरो आउने गर्छ ।

आइसिसीले त्यसलाई मानेन । उल्टै बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्यो र स्कटल्यान्डलाई खेलाउने निर्णय गर्‍यो । यसको विरोधमै त हो, पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरेको । त्यो पनि पाकिस्तानी क्रिकेट बोर्डले होइन, पाकिस्तानी सरकारले । पछि खेलको केही घण्टा अगाडि बंगलादेशले पाकिस्तानलाई भारतसँगको खेल खेल्न अनुरोध गरेको थियो, त्यसलाई पाकिस्तानले स्वीकार्न एक क्षण पनि लागेन । पूरा घटनाक्रममा आइसिसी पनि अलिकति आत्तिएकै देखियो ।

आइसिसी उक्त खेल रद्द भएको स्थितिमा ५० औं करोड डलर गुमाउने पक्षमा थिएन । त्यसैले उसले पाकिस्तान र बंगलादेशसँग दुबईमा वार्ता गरेको थियो । त्यसको निष्कर्ष थियो, पाकिस्तानले खेल्ने सर्तमा कसैलाई पनि कुनै प्रकारको कारबाही नगर्ने । यो सबै राजनीतिक स्टन्ट नभए के त ?

कुरा यत्तिकैमा सकिन्न, मूल विषय त बाँकी नै छ । जतिबेला भारत र पाकिस्तानबीचको खेल कोलम्बोमा भयो, त्यसको नतिजा अपेक्षाकृत रह्यो । त्यो थियो, भारतको एकपक्षीय जित । पाकिस्तानको लगभग आत्मसमर्पण जस्तै गरेको खेल बन्यो ।

यस्तो किन त ? क्रिकेट पण्डित के मान्छन् भने अचेल पाकिस्तानको क्रिकेट निकै खराब स्तरको छ । यसले माथिल्लो स्तरमा खेल्न नै सक्दैन । अझ विपक्षी टिम भारत हुनुपर्छ, पाकिस्तानी टिमलाई ज्वरो आउने गर्छ । जसरी पाकिस्तानी क्रिकेटको स्तर घटेको छ, ठीक त्यसरी नै भारतको क्रिकेट स्तर भने बढेको छ ।

अब त भारत र पाकिस्तानी क्रिकेट टिमबीचको खेल बढी राजनीतिक भएको छ, मैदानमा त एउटै मात्र नतिजा हुने गर्छ, पाकिस्तानमाथि भारतको सहज जितको शृंखलाबद्ध यात्रा ।

एकातर्फ भारतको प्रथम श्रेणीको क्रिकेट जबरदस्त छ नै । अर्कोतर्फ इन्डियन प्रिमियर लिग (आइपिएल) को सफलताले यो स्तरलाई अर्कै तहमा पु¥याएको छ, जसलाई पाकिस्तानले छुन पनि सक्दैन ।यस्तोमा निचोड हो, भारत र पाकिस्तानबीच अचेल क्रिकेट हुँदा यसले केही न केही रौनक गुमाएको छ । अब यी छिमेकी देशबीच क्रिकेट हुँदा प्रतिस्पर्धा त्यस्तो हुन छाडेको छ, जस्तो पहिले थियो । त्यसैले क्रिकेटको यो खेलमा प्रतिस्पर्धाभन्दा पनि बढी राजनीतिक स्टन्ट हाबी भएको छ । अब त भारत र पाकिस्तानी क्रिकेट टिमबीचको खेल बढी राजनीतिक भएको छ, मैदानमा त एउटै मात्र नतिजा हुने गर्छ, पाकिस्तानमाथि भारतको सहज जितको शृंखलाबद्ध यात्रा ।